नेकपा केन्द्रीय कमिटी बैठक आज सकिँदै

काठमाडौं। माघ १५ गतेदेखि राजधानीको राष्ट्रियसभा गृहमा जारी नेकपा केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरुले उठाएका प्रश्नको अध्यक्षद्वय र महासचिवले जवाफ दिने कार्यक्रम रहेको छ।

केन्द्रीय सदस्यहरुले उठाएको प्रश्नको जवाफ अध्यक्षद्वय केपी ओली र प्रचण्ड र महासचिव विष्णु पौडेलले दिने कार्यक्रम रहेको छ। विशेष गरी सरकारको कामको चर्को आलोचना भएपछि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओलीले पनि केन्द्रीय सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिने भएका हुन्।

बैठक उद्घाटन सत्रमा प्रधानमन्त्री ओलीले सरकारले गरेका कामको फेहरिस्त प्रस्तुत गरेका थिए। दुई अध्यक्षको तर्फबाट अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेका थिए। विभिन्न १५ समूह बनाएर अध्यक्षको राजनीतिक प्रतिवेदनमाथि छलफल भएको थियो।

अध्यक्षको प्रतिवेदनमाथिको छलफल शनिबार सकिएको थियो। विशेष गरी एमसीसीको विषयमा केन्द्रीय कमिटी बैठकमा चर्को आलोचना भएको थियो। यसैगरी सरकारको कामको विषयमा पनि सदस्यहरुले आलोचना गरेका थिए। नेताहरुको सम्तपत्ति सार्वजनिक गर्नुपर्ने लगायतका माग केन्द्रीय सदस्यहरुले राखेका थिए।

प्रधानमन्त्री ओली बैठकको सुरुको दिनपछि उपस्थित भएका थिएनन्। तर आज भने प्रधानमन्त्री ओली बैठकमा सहभागी हुने र केन्द्रीय सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिने प्रधानमन्त्रीका प्रेस सल्लाहकार एवं नेकपा प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए।
डिसी नेपाल

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित