पछिल्लो समय लोकतन्त्र खतरामा छ :काँग्रेस प्रवक्ता

काठमाडौं। नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले लोकतन्त्र विधिमात्रै नभएर संस्कृति पनि भएको बताएका छन्।

नेपालमा लोकतन्त्र, चुनौति र अगाडिको बाटो विषयक अन्तक्र्रियामा प्रवक्ता शर्माले लोकतन्त्र विधि सँगसँगै संस्कृति पनि भएकाले त्यही अनुसार चल्नुपर्ने बताए।

सरकारले पछिल्लो समय अगाडि सारेका विधेयकहरुले लोकतन्त्र नै खतरामा परेको बताउँदै शर्माले भने, ‘मिडिया काउन्सिल विधेयक, सूचना प्रविधि विधेयक, गुठी विधेयक जसरी सरकारले ल्याएको छ त्यसले लोकतन्त्रमा खतरा छ। बुढी गण्डकी नेपालले नै बनाउने भनेर डिजेल, पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँका दरले लिने तर चिनियाँ गेजुवा कम्पनीलाई दिने? यस्तो अपारदर्शीताले खतरा छ।’

शर्माले संविधानको दायरा बढाउन गम्भिरता देखाउनुपर्ने र नभए लोकतन्त्रलाई नै त्यसले खतरा गर्ने बताए। उनले युवाहरुलाई व्यवसायिक बन्न पनि आग्रह गरे।

अर्थविद डा. स्वर्णीम वाग्लेले लोकतन्त्रलाई उन्नत बनाउन सांसदहरु मन्त्री बन्न नपाउने व्यवस्था लागु गर्दै जानुपर्ने बताए। चुनाव महंगो हुँदै गएकाले भ्रष्टाचार बढेको, सत्तामा आएपछि कार्यकर्ता पोस्ने प्रवृति हावी भएकाले लोकतन्त्रमा खतरा रहेको उनले बताए।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित