सडक डिभाइडरमा गाडी ठोक्किँदा १ जनाको मृत्यु

वीरगञ्जमा बिहीबार मध्यरातमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् ।

दुर्घटनामा परी बाराको परवानीपुर गाउँपालिका-५ बहुअरी बस्ने १६ वर्षीय आकाश पटेलको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले जनाएको छ ।

फेटा गाउँपालिका १ भलुही बस्ने १७ वर्षीय धिरेन्द्र दास, वीरगञ्ज-१० रानीघाट बस्ने १६ वर्षीय सोनु साह र वीरगञ्ज-१० आदर्शनगर बस्ने १८ वर्षीय ओम पुरी घाइते भएका छन् ।

घाइतेमध्ये धिरेन्द्रको टाउकोमा चोट लागेको छ भने सोनुको हात भाँचिएको नारायणी अस्पतालस्थित प्रहरी बिटले जनाएको छ । उनीहरुलाई नारायणीमा प्रारम्भिक उपचारपछि क्रमशः पानी ट्यांकीस्थित न्युरो अस्पताल र अलि अर्थो अस्पतालमा लगिएको छ । सामान्य घाइते ओम उपचारपछि घर फर्किएका छन् ।

घण्टाघरबाट पावरहाउसतर्फ जाँदै गरेको बा १५ च ७७७१ नम्बरको स्कारपियो गाडी मध्यराति साढे १२ बजेतिर मुर्लीचोक-नेपाल टेलिकम क्षेत्रिय कार्यालय सडकखण्डको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको थियो ।
अनलाइनखबर

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित