गोर्खा अनलाइन रेडियो,
लन्डन । भर्खरैमात्र सार्वजनिक गरिएको ‘चाईनेजो’ बोलको गीत यतिबेला निकै लोकप्रिय बन्न पुगेको छ । पछिल्लो समयकी चर्चित गायिका विष्णु माझी र गायक जीवन पन्तको आवाजमा सजिएको उक्त गीतले टिकटकमा पनि उत्तिकै स्थान बनाएको छ ।
म्यूजिक भिडियोमा आंचल शर्मा र सलोन बस्नेतको अभिनय देख्न सकिनेछ । नारायण कंडेलको लय तथा गायक जीवन पन्तको संगीत रहेको यस गीतको म्युजिक भिडियोको निर्देशन तथा कोरियोग्राफर दिपेन्द्र तिमल्सेनाले गरेका छन् ।
म्युजिक भिडियोलाई सार्थक डिजिटलको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । भिडियोमा “जाउँ हिडा पोखरा” भन्दै नेपाल सरकारद्वारा आव्हान गरिएको नेपाल भ्रमण वर्ष २०२० लाइ समेत प्रमोशन गरिएको छ । दर्शक स्रोताहरुको राम्रो साथ र सहयोग पाएको गायक जीवन पन्तले बताएका छन् ।
म्यूजिक भिडियो हेर्नुहोला ।
[embedyt] https://www.youtube.com/watch?v=xJLn0qs8-L0[/embedyt]





