नेपाल भ्रमण वर्ष २०२० को अवसरमा विष्णु माझी र जीवन पन्तको ‘चाईनेजो’

गोर्खा अनलाइन रेडियो,

लन्डन । भर्खरैमात्र सार्वजनिक गरिएको ‘चाईनेजो’ बोलको गीत यतिबेला निकै लोकप्रिय बन्न पुगेको छ । पछिल्लो समयकी चर्चित गायिका विष्णु माझी र गायक जीवन पन्तको आवाजमा सजिएको उक्त गीतले टिकटकमा पनि उत्तिकै स्थान बनाएको छ ।

म्यूजिक भिडियोमा आंचल शर्मा र सलोन बस्नेतको अभिनय देख्न सकिनेछ । नारायण कंडेलको लय तथा गायक जीवन पन्तको संगीत रहेको यस गीतको म्युजिक भिडियोको निर्देशन तथा कोरियोग्राफर दिपेन्द्र तिमल्सेनाले गरेका छन् ।

म्युजिक भिडियोलाई सार्थक डिजिटलको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । भिडियोमा “जाउँ हिडा पोखरा” भन्दै नेपाल सरकारद्वारा आव्हान गरिएको नेपाल भ्रमण वर्ष २०२० लाइ समेत प्रमोशन गरिएको छ । दर्शक स्रोताहरुको राम्रो साथ र सहयोग पाएको गायक जीवन पन्तले बताएका छन् ।

म्यूजिक भिडियो हेर्नुहोला ।

[embedyt] https://www.youtube.com/watch?v=xJLn0qs8-L0[/embedyt]

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित