दुई वर्षमा कम्युनिस्ट सरकारकोअसाधारण उपलब्धि : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी ओलीले आफू नेतृत्वको सरकारले असाधारण उपलब्धि हासिल गरेको दाबी गरेका छन्। पार्टी केन्द्रीय समिति बैठक बुधबार राष्ट्रिय सभागृहमा उद्घाटन गर्दै ओलीले सरकारले हासिल गरेका उपलब्धिका तथ्य पेस गरेका हुन्।

ओलीले २०७४ फागुन ३ मा झन्डै दुई तिहाई बहुमतको सरकारको नेतृत्व गरेका सम्हालेका थिए। दुई घण्टा लामो सम्बोधनमा प्रधानमन्त्री ओलीले आफू नेतृत्वको कम्युनिस्ट सरकारले कुनै पनि सूचकांकमा नकारात्मक मानक प्राप्त नगरेको भन्दै यसमा गर्व गर्नुपर्ने बताए।

‘कुनै पनि सूचकले नेपाल नेगेटिभ (ऋणात्मक) छैन। अझ कम्युनिस्ट सरकारले कुनै नेगेटिभ मानक राखेको छैन। विगतबाट पछाडि पर्‍यो भन्ने केहीमा छैन, अगाडि बढेकै सूचकांक छन,’ प्रधानमन्त्री ओलीले भने।

उनले विश्व बैंकको ‘डुइङ बिजनेस’ सूचकांकमा नेपाल गत वर्षको तुलनामा १६ औं स्थान माथि उक्लिएको उल्लेख गरे। गत वर्ष ११०औं स्थानमा रहेको नेपाल अहिले १६आंै स्थान उक्लिएर ९४ औं स्थान कायम राख्न सफल भएको थियो। त्यसैगरी राष्ट्रसंघको मानव विकास सूचकांकमा पनि नेपाल १४९ स्थानबाट दुई स्थान सुधार गरेर अहिले १४७ स्थानमा उक्लिएको प्रधानमन्त्रीले जानकारी दिए।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित