काठमाण्डौ – आज वसन्तपञ्चमी अर्थात् श्रीपञ्चमी देशभरका विद्यालय तथा सरस्वतीका शक्ति पीठहरुमा पुजा आराधना गरी मनाइँदै छ । माघ शुक्लपक्षको पञ्चमी तिथिमा पर्ने यो पर्व विशेषगरी विद्याकी देवीको रुपमा पुजिने सरस्वतीको साधना गर्नका लागि अति नै पवित्र दिनका रुपमा लिने गरिन्छ।
यस दिन वसन्त श्रवण गरी सरस्वती बन्दना गर्ने गरिन्छ । वसन्त पञ्चमीको दिन कुनै पनि शुभकार्य गर्न साइत हेर्नुनपर्ने विश्वास गरिन्छ । यस दिन विशेष गरी अक्षर चिन्ने साना नानीबाबुहरुको लागि विशेष दिन मानिने भएकाले बालबालिकाहरुलाई अक्षरारम्भ गराउने दिनको रुपमा लिइन्छ ।
आज वसन्तपञ्चमी सरस्वती देवीको पुजा आराधना गरी मनाइँदै
आज वसन्तपञ्चमी सरस्वती देवीको पुजा आराधना गरी मनाइँदै
तपाईको प्रतिक्रिया





