मोरङ प्रहरीले अनलाइन ठगी गिरोहमा संलग्न आठ जनालाई ६७ लाख बढी रकमसहित पक्राउ गरेपछि यो रहस्य सार्वजनिक भएको हो।
पक्राउ पर्नेमा मोरङ सुन्दरहरैँचा नगरपालिका-३ का विशाल अर्याल भनिने ३६ वर्षीय निरञ्जनप्रसाद आचार्य, खोटाङ जन्तेढुंगा गाउँपालिका-४ का २२ वर्षीय शिवजी खड्का, २० वर्षीय देवी चौलागाई, धरान उपमहानगरपालिका- २० विष्णुपादुकाकी २० वर्षीया भावना राई, १९ वर्षीया सरिता परियार, २० वर्षीया वर्षा कार्की, २३ वर्षीया सानु गौतम र २१ वर्षीया लक्ष्मी कार्की छन्।
आचार्य ठगी धन्दाका मुख्य नाइके भएको अनुसन्धानबाट खुलेको मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले बताए। आचार्यले यही धन्दामा अन्य सात जनालाई परिचालन गरेको खुलेको छ।





