पत्रकार महासंघ यूके शाखाको बैठक सम्पन्न, साधारण सभाको तयारी

गोर्खा अनलाइन रेडियो

लण्डन । नेपाली पत्रकार महासंघ यूके शाखा संस्थाको साधारणभाको तयारीमा जुटेको छ । शनिबार लण्डनको वुल्वीचमा सम्पन्न कार्यसमिति बैठकले आउँदो दुई-तीन महिनाभित्रै पश्चिम लण्डनमा साधारणसभा गर्ने निर्णय गरेको छ । साधारणसभाको लागि उपयुक्त भेन्यू र मिति निर्धारण गर्न उपाध्यक्ष विमला सेनेको संयोजकत्वमा त्यस क्षेत्रमा बस्ने कार्यसमितिका सबै पदाधिकारी र सदस्यहरुलाई जिम्मा लगाइएको छ ।

संस्थाको नयाँ सदस्यता वितरण तथा नविकरणको सन्दर्भमा सल्लाहकार भगिरथ योगीको संयोजकत्वमा गठित समितिले पेश गरेको सुझावलाई समेटेर साधारणसभामा सदस्यता वितरणसम्बन्धी एक प्रस्ताव लैजाने निर्णय गरिएको छ । साधारणसभाको एक महिनाअघि उक्त प्रस्ताव सदस्यहरुमाझ शेयर गरिनेछ ।

बैठकमा शाखा अध्यक्ष नरेश खपांगी मगरले संस्थाको आर्थिक अवस्था, च्यारिटी दर्ताको प्रक्रिया लगायतका विषयमा कार्यसमितिलाई जानकारी गराए । अहिले प्रक्रियामा रहेको च्यारिटी दर्ताको कार्यले आउँदो फेब्रुअरीसम्ममा पनि ठोस गति नलिए वैकल्पिक बाटो खोज्नुपर्ने विषयमा छलफल गरिएको थियो ।

साथै निवर्तमान कार्यसमितिबाट वर्तमान कार्यसमितिका पदाधिकारीमा बैंक खाता सार्न महासचिव र कोषाध्यक्षले तत्काल आवश्यक काम अघि बढाउने निर्णय गरिएको छ । महासचिव सञ्जयभक्त कँडेलले शाखाका सदस्यहरुको अन्तर्राष्ट्रिय प्रेस पासको लागि भइरहेको पहलबारे जानकारी गराए । पहिलो चरणमा कम्तीमा कार्यसमितिका पदाधिकारी र सदस्यहरुलाई सो पास व्यवस्था गर्न पहल गर्ने निर्णय बैठकले गरेको छ ।

बैठकले कार्यसमिति बैठकमा लगातार तीनपटकसम्म अनुपस्थित पदाधिकारी एवम् सदस्यहरुलाई सचेत गराउन पत्राचार गर्ने निर्णय गरेको छ । शाखाका सदस्य कुमार केसीकी आमाको निधनप्रति दुख व्यक्त गर्दै शाखाले शोकसन्तप्त परिवारमा समवेदना प्रकट पनि गरेको छ ।

अध्यक्ष नरेश खपांगी मगरले अध्यक्षता र महासचिव सञ्जयभक्त कँडेलले सञ्चालन गरेको बैठकमा शाखाका वरिष्ठ उपाध्यक्षद्धय ध्रुवराज अर्याल र श्याम लुईंटेल, उपाध्यक्ष विमला सेने, कोषाध्यक्ष सिद्धार्थविक्रम क्षेत्री र सदस्यहरु मञ्जु भण्डारी, जीवन सेन लगायतको सहभागिता थियो ।

बैठकमा अनुपस्थित केहि पदाधिकारी तथा सदस्यहरुले अनलाइन माध्यमबाट बैठकका निर्णयहरुमा सहमति जनाएका थिए ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित