९ महिनापछि खुल्यो, विश्‍वविद्यालयको ताला

सुदूरपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय कार्यालयको ताला नौ महिनापछि शनिबार खुलेको छ । गत चैतको अन्तिम साता नेपाल विद्यार्थी संघ सुदूरपश्चिमाञ्चल विश्वविद्यालय समन्वय समितिले विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको थियो ।

नेविसंघले शनिबार प्रेस विज्ञप्ती जारी गरी विश्वविद्यालयमा उत्पन्न विवाद समाधान गर्ने र व्यवस्थित प्रयोजनका लागि उच्च स्तरीय कार्यदल गठन हुनुका साथै सो कार्यदलले विवाद समाधानतर्फ उन्मुख भएकाले कार्यदलको कार्यमा सहजीकरणका लागि तालावन्दी खोल्ने निर्णय लिएका विज्ञप्तीमा उल्लेख छ ।

नेविसंघले १५ दिनसम्म विवाद समाधान नभए पुनः थप आन्दोलन गर्ने चेतावनी समेत विज्ञप्ती मार्फत दिएको छ । विश्वविद्यालयका तत्कालिन उपकुलपति भुषण श्रेष्ठ र रजिस्टार भट्टको कार्यशैलीप्रति असन्तुष्टी बढेपछि प्रधानमन्त्री कार्यालयले गत पुस २७ मा गते सुदूरपश्चिमाञ्चल विश्वविद्यालय ऐन २०६७ दफा ३० बमोजिम जिम्मेवारीबाट पदमुक्त गरेका थिए ।

गत चैत २७ मा विश्वविद्यालयकै विज्ञान तथा प्रविधी संकायका डिन प्रा.डा पूर्णबहादुर चन्दलाई उपकुलपति र शिक्षा संकायका डिन डा. गोविन्द विष्टलाई रजिस्ट्रारको जिम्मेवारी दिइएको थियो । एउटै विश्वविद्यालयमा दुई÷दुई वटा उपकुपति र दुई वटा रजिष्ट्रार अवैधानिक भएको भन्दै पदमुक्त भएकै लाई जिम्मेवारीमा फर्काउन तालावन्दी गरेको नेविसंघ नेता कैलाश चन्दले बताए ।
अन्नपूर्ण पोष्ट

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित