बागलुङ नगरपालिका ८ सिगानाका देबिराम जि.सी. रुखबाट लडेर गम्भिर घाइते भएका छन ।डालेघाँस काट्न गएका ६६ वर्षीय जि.सी. शनिबार विहान १० बजे घरनजिकै को बारिमा रहेको कुटमेरोको रुखबाट लडेर घाइते भएको प्रहरीले जनाएको छ । उनको धौलागिरी अञ्चल अस्पतालमा उपचार भैरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । उनको दाहीने कुम र दाहीने कोखामा चोट लागेको छ ।





