२ लाख २६ हजार घुससहित इन्जिनियर पक्राउ

सिन्धुली : अख्तियार दुरुपयोग अनुशन्धान आयोग बर्दिबासले घुस अभियोगमा एक इन्जीनियरलाई पक्राउ गरेको छ । शुक्रबार साँझ उपभोक्ता समितिसँग घुस लिएको अभियोमा सिन्धुलीको घ्याङलेख गाउँपालिकामा कार्यरत इन्जीनियर दिलिपकुमार शाहलाई पक्राउ गरिएको हो ।

अख्तियार दुरुपयोग अनुशन्धान आयोग बर्दिबासका डिएसपी मधुकुमार थापाका अनुसार गाउँपालिकामा विद्युत विस्तारको काम गरेको एक उपभोक्ता समितिसँग घुस नदिएसम्म बिल फर्छ्योट गर्न नमानेपछि उनलाई अभियोग र नगदसहित पक्राउ गरिएको हो ।

शाहलाई अख्तियार टोलीले कमलामाई नगरपालिका ६ को श्रेष्ठ होटलबाट उपभोक्ता समितिसँग चेक र नगद लिँदै गर्दा पक्राउ गरिएको हो । ‘उनको साथबाट २ लाख २६ हजारको नगद र चेकसमेत नियन्त्रणमा लिइएको छ,’ डिएसपी थापाले भने । लामो समयसम्म इन्जीनियरका कारण उपभोक्ताहरुले पैसा पाउन नसकेपछि इन्जीनियर शाहविरुद्ध अख्तियारमा उजुरी परेको थियो । ‘सोही उजुरीका आधारमा उनलाई चेक र नगद लिँदै गर्दा पक्राउ गरिएको हो । उनीसँग बयान निले कार्य भइरहेको छ,’ थापाले भने ।

शाह गाउँपालिकाले करारमा राखेका इन्जीनियर हुन् । उनलाई दुई वर्षअघि गाउँपालिकामा नियुक्त गरिरएको थियो । उता गाउँपालिकाका अध्यक्ष जगतबहादुर भोलनले पटक-पटक सचेत गराउँदा समेत अटेर गरेपछि इन्जीनियर शाह पक्राउ परेको बताए । ‘तीन महिनाअघि नै विद्युतको निर्माण कार्य सम्पन्न गरी उपभोक्ता समितिले घरघरमा बत्ती बालिसके पनि इन्जीनियरले स्टमेट बनाउन नमान्दा बिल भुक्तानीमा ढिलाइ भएको थियो । मागेजति पैसा नदिएसम्म बिल भुक्तानीका लागि स्टमेट बनउन नमानेपछि इन्जीनियरसँग आजित उपभोक्ताले अख्तियारमा उजुरी गरेको हुन सक्छन्,’ उनले भने ।

अन्नपूर्ण पोष्ट

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित