रोमानियामा पक्राउ ८ नेपालीलाई नेपाल फर्काउने प्रयास

गोर्खा अनलाइन रेडियो,
भोला लामिछाने

यूरोप बुखारेस्ट,रोमानिया, ११ माघ। रोमानियामा पक्राउ परेका ८ जना नेपाली हरुलाई स्वदेश फर्काउने प्रयास भईरहेको कुरा रोमानियाका लागि नेपाली अवैतनिक वाणिज्यदूत नवराज पोखरेलले बताएका छन् । वैदेशिक रोजगारीको लागि कामदार भिषामा रोमानियाका बिभिन्न कम्पनीहरुमा कार्यरत ८ जना नेपालीहरुले रोमानियाको सिमापार गरी पोर्चुगल जाने गलत मनसाय राखी अवैध रुपमा सिमापार गर्दै रहेको समयमा उनीहरूलाई रोमानिया स्थित सिमा प्रहरीले गत हप्ता पक्राउ गरेको थियो ।

पोखरेलका अनुसार आगामी हप्ता उनीहरुलाई बुखारेस्ट शहरमा भएको बन्द केन्द्रमा सारिने छ । पक्राउ परेका उनीहरु अहिले आराद शहरमा भएको बन्द केन्द्रमा छन। आफूले ब्यक्तिगत रुपमा नेपालीहरुसंग सम्पर्क राखि उनीहरुको बस्तुस्थिति बारेमा जानकारी लिएको कुरा बताउँदै अवैतनिक वाणिज्यदूत पोखरेलकै पहलमा उनीहरुलाई जतिसक्दो चाँडो स्वदेश फिर्ता गराउन हवाई टिकट र आवश्यक डकुमेन्टहरुको तयारी भईरहेको जानकारी प्राप्त भएको छ । स्मरण रहोस, यसरी अवैध रूपमा सिमापार गर्नेलाई रोमानियामा मात्र होइन युरोपको कुनै पनि मुलुक १० बर्षको लागि जान नपाउने गरी निषेध गरिन्छ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित