गोर्खा अनलाइन रेडियो
भोला लामिछाने,

युरोप । स्पेनका लागि नेपाली महामहिम राजदूत दावाफुटी शेर्पाले स्पेनका राजा फिलिपे छैठौं समक्ष ओहदाको प्रमाणपत्र पेश गरेकी छन् । उनले गएको शुक्रबार स्पेनको राजधानी मड्रिडमा रहेको राजदरबारमा राजा फिलिपे छैठौं समक्ष ओहदाको प्रमाण पत्र पेश गरेकी हुन् । महामहिम शेर्पा लाई उक्त ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्न राजदरबारमा नै निम्त्याईएको थियो ।
युरोपमा राजतन्त्रातमक मुलुक मध्य स्पेन पनी एक हो । स्पेनका लागी दोस्रो राजदूतमा नियुक्त भएकी राजदूत शेर्पा चर्चित सगरमाथा आरोही पासांग ल्हामु शेर्पाकी छोरी एवं हेलिकप्टर दुर्घटनामा निधन भएका व्यवसायी आङछिरिङ शेर्पाकी भतिजी हुन् ।हुन् । शेर्पा स्पेनको लागी दोस्रो राजदुत हुन् । पहिलो राजदूत भरत बहादुर रायमाझी थिए । अमेरिकामा उच्च अध्ययन गरेर नेपाल फर्केकी शेर्पालाई नेपाल सरकारले नेपाली दूतावास स्पेनमा राजदूत नियूक्त गरेर स्पेन पठाउने निर्णय गरे सगै शेर्पा केही महिनाअघि मड्रिड पुगेकी थिईन् ।
स्पेनमा नेपालीहरूको बाक्लो वस्ती रहेको बार्सिलोनामा ल्होसार कार्यक्रममा प्रमुख आथीत्यता लिदै स्पेनवासी नेपाली, नेपाल र स्पेनबीच पुलको रूपमा काम गरेर मूलुक र नेपालीको निम्ति लागि पर्ने छु महामहिम राजदूतले वताएकी थिईन ।साथै स्पेनबाट स्पेनीस नागरीकहरूलाई ठुलो संख्यामा पर्यटकको रूपमा नेपाल भित्रयाउन दुताबासले भुमीका निभाउनु पर्ने र सबै नेपाली समुदायले यसमा सहयोग गर्नुपर्नै समेत उनले थपीन् ।
दावाफुटी अमेरिकाबाट फर्केपछि पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानको अध्यक्ष बनेर पर्यटन प्रवद्र्धन र सामाजिक काममा सक्रिय भएकी थिइन।शेर्पा नेपाली केही महिला राजदूतमध्ये एक हुन्, दूतावाससँग स्पेनवासी नेपालीहरू निकै आशावादी रहेका छन् ।





