स्पेनका राजा समक्ष ओहदाको प्रमाणपत्र पेश गर्दै राजदूत शेर्पा ।

गोर्खा अनलाइन रेडियो

भोला लामिछाने,

युरोप । स्पेनका लागि नेपाली महामहिम राजदूत दावाफुटी शेर्पाले स्पेनका राजा फिलिपे छैठौं समक्ष ओहदाको प्रमाणपत्र पेश गरेकी छन् । उनले गएको शुक्रबार स्पेनको राजधानी मड्रिडमा रहेको राजदरबारमा राजा फिलिपे छैठौं समक्ष ओहदाको प्रमाण पत्र पेश गरेकी हुन् । महामहिम शेर्पा लाई उक्त ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्न राजदरबारमा नै निम्त्याईएको थियो ।

युरोपमा राजतन्त्रातमक मुलुक मध्य स्पेन पनी एक हो । स्पेनका लागी दोस्रो राजदूतमा नियुक्त भएकी राजदूत शेर्पा चर्चित सगरमाथा आरोही पासांग ल्हामु शेर्पाकी छोरी एवं हेलिकप्टर दुर्घटनामा निधन भएका व्यवसायी आङछिरिङ शेर्पाकी भतिजी हुन् ।हुन् । शेर्पा स्पेनको लागी दोस्रो राजदुत हुन् । पहिलो राजदूत भरत बहादुर रायमाझी थिए । अमेरिकामा उच्च अध्ययन गरेर नेपाल फर्केकी शेर्पालाई नेपाल सरकारले नेपाली दूतावास स्पेनमा राजदूत नियूक्त गरेर स्पेन पठाउने निर्णय गरे सगै शेर्पा केही महिनाअघि मड्रिड पुगेकी थिईन् ।

स्पेनमा नेपालीहरूको बाक्लो वस्ती रहेको बार्सिलोनामा ल्होसार कार्यक्रममा प्रमुख आथीत्यता लिदै स्पेनवासी नेपाली, नेपाल र स्पेनबीच पुलको रूपमा काम गरेर मूलुक र नेपालीको निम्ति लागि पर्ने छु महामहिम राजदूतले वताएकी थिईन ।साथै स्पेनबाट स्पेनीस नागरीकहरूलाई ठुलो संख्यामा पर्यटकको रूपमा नेपाल भित्रयाउन दुताबासले भुमीका निभाउनु पर्ने र सबै नेपाली समुदायले यसमा सहयोग गर्नुपर्नै समेत उनले थपीन् ।

दावाफुटी अमेरिकाबाट फर्केपछि पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानको अध्यक्ष बनेर पर्यटन प्रवद्र्धन र सामाजिक काममा सक्रिय भएकी थिइन।शेर्पा नेपाली केही महिला राजदूतमध्ये एक हुन्, दूतावाससँग स्पेनवासी नेपालीहरू निकै आशावादी रहेका छन् ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित