बसको ठक्करले मोटरसाईकलमा सवार दुई जना घाईते

पर्वतको जलजला गाउँपालिका–८ फनफनेमा यात्रुबहाक बसले मोरसाईकललाई ठक्कर दिँदा दुई जना घाईते भएका छन् । मालढुंगाबाट बेनी बजार जाँदै गरेको ध१प ९६५० नम्बरको मोटरसाईकललाई बेनीबाट कुश्माका लागि छुटेको ग१ख ५२३६ नम्बरको बसले शुक्रबार दिउँसो ठक्कर दिँदा दुई जना घाई भएका हुन् । दुर्घटनामा मोटर साईकलमा सवार पर्वतको जलजला गाउँपालिका–३ बस्ने २६ बर्षिया बिसाल कार्की र म्याग्दीको बेनी नगरपालिका–७ बस्ने बर्ष २५ का सिधार्थ शाक्य घाईते भएको प्ररीले जनाएको छ । कार्कीकोे जिल्ला अस्पताल बेनीमा सामान्य उपचार पछि थप उपचारका लागि गण्डकी अस्पताल पोखरा पठाईएको छभने शाक्यको जिल्ला अस्पतालमानै उपचार भैरहेको बेनीबाट सहकर्मी साजन नेपालीले जानकारी दिए । कार्कीको टाउकोमा गम्भिर चोट लागेको छ । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घनाको बिषयमा अनुसन्धान भैरहेको पर्वत प्रहरीले जनाएको छ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित