एनआरएनका लागि राष्ट्र बैंकमा लगानीको अवसर

काठमाडौं। वैदेशिक रोजगारीमा रहेका नेपाली र गैरआवसासीय नेपाली (एनआरएनए) लाई लक्षित गरी नेपाल राष्ट्र बैंकले ४० करोड रुपैयाँ बराबरको बचतपत्र निश्कासन गर्ने भएको छ।

शुक्रबारबाट बिक्री खुल्ला भएको बचतपत्रका लागि आगामी चैत २१ गतेसम्म आवेदन दिन पाउनेछन्। आवेदनका आधारमा माघ २७, फागुन २८ र चैत २७ गरी तीन चरणमा वचतपत्र निश्कासन गरिने राष्ट्र बैंकले जानकारी दिएको छ।

वार्षिक १० प्रतिशत व्याजदर प्राप्त हुने उक्त बचतपत्र पाँच वर्षे अवधिको छ। लगानीकर्ताले व्याज ६/६ महिनामा व्याज भुक्तानी पाउनेछन्। सर्वसाधारणले घटिमा १० हजार रुपैयाँ र बढिमा १० हजारले भाग गर्दा निषेश हुने गरी आवहान गरिएको रकमसम्मका लागि आवेदन गर्न सक्ने व्यवस्था गरिएको छ।

बैदेशिक रोजगार बचतपत्र कार्यविधि अनुसार वैदेशिक रोजगारीमा रहेको वा मुलुकबाहिरको रोगजारीबाट फर्केको ४ महिना नपुगेका नेपाली नागरिक वा गैरआवासीय नेपालीले आफै वा उनीहरुका परिवार सदस्यले बचतपत्र खरिद गर्न सक्नेछन्।

बचतपत्रमा आवेदन दिनका लागि राष्ट्र बैंकले नेपाल र विभिन्न देशहरुमा आधिकारीक बिक्री एजेन्ट तोकेको छ। सिटिजन्स, नविल, माच्छापुच्छ्रे, प्रभु, सनराईज, सिद्धार्थ, सानिमा र सेन्चुरी बैंकका साथै प्रभु सेवा र सिटि मनि एक्सप्रेसमार्फत नेपाल र विभिन्न देशहरुमा समेत आवेदन बुझाउन सकिने व्यवस्था गरिएको छ।

रेमिट्यान्सलाई बचत गरी उत्पादनमुलक क्षेत्रमा लगानी गर्नका लागि राष्ट्र बैंकले आर्थिक वर्ष २०६६/०६७ देखि बचतपत्र कार्यक्रम सुरु गरेको थियो। त्यसता नियमित रुपमा बचतपत्र जारी गर्दै आएपनि न्यून व्याजदर र प्रचारप्रसार नहुँदा बिक्री न्यून हुने गरेको छ।

केन्द्रीय बैंकले २०७६ पुसमा पनि २० करोडको बचतपत्र जारी गरेको थियो। उक्त बचतपत्रमध्ये जम्मा १९ लाख रुपैयाँ बराबरको मात्र बचतपत्र बिक्री भएको थियो। बजारमा बैंक तथा वित्तीय संस्थाले दिने व्याजदर भन्दा बचतपत्रको व्याजदर न्यून हुँदै आएको छ । जसका कारण बचतपत्रमा आकर्षण नभएको हो।
डिसी नेपाल

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित