अदालतले दियो सिद्धबाबालाई थुन्ने आदेश

अनुयायीमाथि बलात्कार गरेको मुद्दा खेपिरहेका चताराधामका सिद्धबाबा भनिने कृष्णदास गिरीलाई उच्च अदालत विराटनगरले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ।

 

मुख्यन्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश प्रेमराज कार्कीको इजलासले बिहीबार उनलाई थुनामा पठाउने आदेश गरेको हो।

यसअघि जिल्ला अदालत सुनसरीले गिरीलाई तीन लाख धरौटीमा छोड्न आदेश दिएको थियो। उच्च अदालतले उक्त आदेश बदर गर्दै उनलाई पूर्पक्षका लागि थुनामा पठाउन भनेको थियो।

तर उच्च अदालतको आदेश आउनु केही घन्टाअघि नै गिरी भने भारत पसिसकेका थिए।

 

मुद्दाको सुनुवाइ बिहीबार दिउँसो १ बजे उनी ग१च ८१५७ नम्बरको पजेरो चढेर जोगबनीबाट पारि गएका हुन्।

बडिगार्ड प्रहरी हवल्दार मुकेश साहलाई ‘केही काम छ तपाईं यहीँ बस्दै गर्नुहोला’ भनेर नेपालपट्टि ओर्लाएर कृष्णदास भारत गएको मोरङ प्रहरीले जनाएको छ। केही दिनयता उनी उपचारका लागि भन्दै भारत जाने-आउने गरिरहेका थिए।

केही समर्थक र अनुयायीसाथ उनी आफ्नो आश्रमबाट बिहीबार बिहान उच्च अदालत जाने भन्दै हिँडेका थिए। अदालत नगई उनी सोझै जोगबनी पुगेको प्रहरी स्रोतले जनाएको छ।

आफूले खटाएका हवल्दारलाई फर्काएर भारत गएका गिरीलाई अहिले प्रहरीले फरार सूचीमा राखेको छ।

 

‘कहाँ जानुभयो भन्ने केही जानकारी छैन। हामी सबै संयन्त्र प्रयोग गरिरहेका छौं,’ मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले सेतोपाटीसँग भने,‘उहाँलाई पक्रिन प्रहरी परिचालन गर्दैछौं।’

स्रोतका अनुसार मुद्दा आफ्नो पक्षमा भए नेपाल फर्किने नभए भारततिरै बसेर मुद्दाको पुर्पक्ष गर्ने योजनाअनुसार उनी भारत गएका हुन्।

कात्तिक ४ गते बलात्कार गरेको किटानी जाहेरी एक महिला अनुयायीले दिएपछि गिरीलाई मंसिर १६ गते पक्राउ गरेर सुनसरी प्रहरीले जबरजस्ती करणी मुद्दामा अनुसन्धान थालेको थियो। जिल्ला अदालत सुनसरीले उनलाई पुस १४ गते तीन लाख रुपैयाँ धरौटीमा छोडेको थियो।
सेतोपाटी

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित