अबदेखि निर्वाचन पाँच तारे होटलमा होइन भृकुटी मण्डपमा पाल टाँगेर गर्छौः एनआरएनए

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले अबदेखि आफ्नो निर्वाचन पाँच तारे होटलमा नगर्ने भएको छ । पोखराको रुपाकोट रिसोर्टमा जनवरी १८ र १९ तारिख २ दिनसम्म बसेको संघको ‘फेस टु फेस मिटिङ’ ले निर्वाचनलाई कम खर्चिलो बनाउन यस्तो निष्कर्ष निकालेको हो ।

संघका अहिलेसम्मका निर्वाचनहरु तारे होटेलमा हुँदै आएका थिए । सम्मेलनमा करोडौं रुपैयाँ खर्च हुन्थ्यो। सुरक्षाको कारण देखाउँदै विश्व सम्मेलन संघले तारे होटलमा आयोजना गर्थ्यो। होटलमा लाग्ने खाना खर्च र अन्य लजिष्टिकका लागि प्रतिनिधिले २०० अमेरिकी डलर बराबरको दर्ता शुल्क तिर्नुपर्थ्यो । दर्ता शुल्कका कारणले थुप्रै विकृतिहरु पनि ल्याएका थिए । चर्को दर्ता शुल्ककै कारण खाडी तथा मध्यपूर्वका कतिपय प्रतिनिधि मतदानबाट बञ्चित हुन्थे ।

संघको यो निर्णयले निर्वाचनलाई कम खर्चिलो र निःशुल्क दर्ताको बाटो खोलेको एनआरएनएको दावी छ । निर्वाचन अब ५ तारे होटलमा नगरेर राष्ट्रिय दलका निर्वाचनमा जस्तै भृकुटी मण्डपमा सामान्य तरिकाले गर्ने एनआरएनएको योजना छ । पाल टाँगेर, पाउरोटी र समोसा खाएर शुन्य दर्ता शुल्कमा चुनाब सम्पन्न गराउन सक्ने एनआरएनएको विश्वास छ ।

त्यस्तै निर्वाचनको बेला हुने बाहिरी राजनैतिक प्रभाव कम गर्न काठमाडौ बाहिर पनि चुनाव गर्ने सक्ने एनआरएनएको सोंच छ । पोखराको प्रत्यक्ष बैठकले संघको निर्वाचन र विश्व सम्मेलन पनि अब एकैसाथ नगर्ने निर्णय गरेको छ । संघको निर्वाचनका कारणले विश्व सम्मेलन प्रभावकारी नभएको भन्दै पदाधिकारीको निर्वाचन र विश्व सम्मेलन छुट्टा छुट्टै वर्ष आयोजना गर्ने एनआरएनएको योजना छ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित