निःशुल्क हेमोडायलासिस सुरु

काठमाडौँ : मिर्गौलामा समस्या भएका महानगरवासीका लागि निःशुल्क हेमोडाइलासिस सेवा सुरुवात भएको छ। मंगलबारबाट सेनाको वीरेन्द्र छाउनी अस्पतालमा महानगरका मेयर विद्यासुन्दर शाक्यले हेमोडायलासिस मेसिन खोली सेवाको शुभारम्भ गरेका छन्।

सेवाको सुरुवातमा काठमाडौं महानगरपालिका वडा नम्बर १५, डल्लु निवासी ६२ वर्षीया चन्द्रादेवी मर्जनको उपचार गरिएको थियो। गत पुष दुई गते मिर्गौलाका बिरामीहरूको निःशुल्क हेमोडायलासिस गर्नेगरि नेपाली सेनासँग महानगरको सम्झौता भएको थियो। सेवाको शुभारम्भ गर्दै मेयर शाक्यले महानगरपालिकाले सर्वसाधारणको स्वास्थ्य सेवाका लागि सहयोग गर्न पाउँदा खुसी लागेको बताए।

आगामी दिनमा स्वास्थ्य सेवाका लागि महानगरपालिकाले थप सहयोग गर्दै जाने मेयर शाक्यले जानकारी दिए। ‘बिरामी भएपछिको उपचार गर्न मात्रै नभइ बिरामी हुनअघि गरिने स्वास्थ्य सेवाका लागि पनि सहयोग गर्न महानगर तयार छ,’ मेयर शाक्यले भने, ‘अस्पतालबाट सर्वसाधरण जनताले सरल रूपमा सेवा प्राप्त गर्ने वातावरण बनाउनुपर्छ। थप सहयोग गर्न महानगर तयार छ।’

सेवा शुरभारम्भ गरेपछि पहिलो सेवा लिएकी महर्जनले खुसी व्यक्त गरिन्। ‘बिरामीको उपचारका लागि महानगरपालिकाले गरेको सहयोगले आभारी छु,’ महर्जनले भनिन्, ‘सेवा विस्तारका लागि महानगरपालिकाले थप सहयोग गरोस। सहयोगले हामी जस्ता बिरामीलाई धेरै राहत हुनेछ।’

मेयर शाक्यले सेवा प्रवाहलाई सहज बनाउन हेमोडाइलासिस सेवाका लागि आवश्यक मेसिन, भौतिक पूर्वाधार र जनशक्तिका लागि आवश्यक पर्ने थप रकम विनियोजन गर्न तयार रहेकोसमेत बताए। हेमोडाइलासिस सेवाका लागि महानगरपालिकाले आवश्यक मेसिन, भौतिक पूर्वाधार र जनशक्ति थप गर्नका लागि तीन करोड रुपैयाँ सहयोग गर्ने सम्झौता गरेको थियो।

हाल छाउनीमा उपलब्ध स्रोत साधनबाटै पहिलो चरणमा दैनिक चार जनालाई सेवा दिने अस्पतालले जानकारी दिएको छ। जनशक्ति र उपकरण थप भएपछि दैनिक नौ देखि १२ जनासम्म बिरामीको हेमोडायलासिस गरिने अस्पतालले जनाएको छ। बिरामीले हेमोडाइलासिस सेवा लिनका लागि महानगरपालिकाको सहरी स्वास्थ्य महाशाखाबाट सिफारिस लिनुपर्ने व्यवस्था गरिएको छ।

सेवा शुभारम्भ कार्यक्रममा सैनिक स्वास्थ्य महानिर्देशनालयका निर्देशक उपरथी सुनिल सिंह, अस्पतालका निमित्त कमाण्डर नागेन्द्रबहादुर केसी, वीरेन्द्र अस्पताल छाउनीका महासेनानी अजयराज भण्डारी, महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोल, स्वास्थ्य महाशाखाका निर्देशक नरेन्द्र विलास बज्राचार्यलगायतको उपस्थिति थियो।
अन्नपूर्ण पोष्ट

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित