सभामुख प्रकरणमा प्रधानमन्त्रीको दुखेसो

काठमाडौं। निकै लामो आन्तरिक द्वन्द्वपछि प्रतिनिधि सभाको सभामुखका लागि पार्टीको उम्मेद्द्वार छानेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्षबीचको आपसी असन्तुष्टि मन्त्रिपरिषद्को बैठकमा प्रकट भएको छ।

प्रधानमन्त्री ओलीले सभामुख छनौट प्रकरणमा अड्डी कस्ने काम भएको भन्दै दुखेसो प्रकट गरेका छन्।

माघ ६ गते सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न सो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख छान्ने कुरामा आएको अन्यौलले पार्टी एकताको भावनात्मक पक्षमा प्रश्न उठेको मन्त्रीहरुलाई बताएका थिए। मन्त्रिपरिषद् स्रोतका अनुसार, सभामुख छनौटमा लामो समय लाग्नुको कारणबारे ब्रिफिङ गर्दै उनले मन्त्रीहरुलाई ‘अब पार्टी भावनात्मक एकीकरण गरेर जानुपर्ने अवस्था आएको’ बताएका थिए।

सभामुख छनौटमा लामो समय लाग्नुको कारणबारे ब्रिफिङ गर्दै उनले मन्त्रीहरुलाई ‘अब पार्टी भावनात्मक एकीकरण गरेर जानुपर्ने अवस्था आएको’ बताएका थिए।

सरकारको विश्वास आर्जन गर्न सक्ने गरी सभामुख बनाउन सके जनतालाई सरकारका तर्फबाट दिइने सेवा सुविधा र कानुन बनाउने कुरामा सहजता आउने प्रसंगलाई जोड्दै प्रधानमन्त्री ओलीले हाल छनौट गरिएका नेकपाका नेता अग्नि सापकोटाबाट असहजता थपिन सक्ने आशंका रहेको सन्देश घुमाइ फिराइ दिन खोजेका थिए।

उनले अझै पार्टीभित्र एमालेबाट आएको वा माओवादीबाट आएको भन्ने भावनाले काम गरेको र अवसरहरुमा सोहीअनुसार भागवण्डा खोज्ने प्रबृत्ति बढेको प्रसंगलाई सभामुख छनौटमा भएको लामो एमाले-माओवादीबीचको बार्गेनिङसँग जोडेका थिए। अब को एमाले को माओवादी भन्नु भन्दा पनि को कता फिट हुन्छ भन्ने कुराका आधारमा निर्णय गर्नुपर्नेमा एमाले वा माओवादीको कोटा खोज्ने काम हुनु नराम्रो भएको आफ्नो धारणा मन्त्रीहरुलाई सुनाएका थिए।

पूर्वसभामुख सुवास नेम्बाङलाई नै सभामुख बनाउन अन्तिमसम्म प्रयत्न गरेका र नेम्बा¨लाई नसके उपसभामुख रहेकी शिवमाया तुम्बाहाम्फेलाई ने सभामुख बनाउने रणनीति तय गरेका प्रधानमन्त्री ओली यो प्रकरणमा नराम्ररी पराजित भएका थिए।

पार्टीभित्र क्रमश अल्पमतमा पर्दै गएपछि ओलीले अन्तिम अवस्थामा आएर अर्का अध्यक्ष पुष्पकमल दाहालको प्रस्तावमा अग्नि सापकोटाको नाममा समर्थन जनाउने वाध्यता आइलागेको थियो।

यो प्रसंगमा एकघण्टाभन्दा बढी समयसम्म मन्त्रिपरिषद्को बैठकमा बोलेका ओलीले पार्टीभित्र भावनात्मक एकताको समस्या भएको कुरा पटक पटक सुनाएका थिए। उनले ‘यो वा त्यो भनेर अड्डी लिँदा समस्या आएको’ बताए। उनले दुखेसो पोख्दै भनेका थिए— ‘अव पार्टीमा भावनात्मक एकीकरण गरेर जानुपर्ने भयो।’
डिसी नेपाल

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित