एनआरएनए यूकेको नवौं कार्यसमितिद्वारा ११ वटा निर्णय पारित

गोर्खा अनलाइन रेडियो

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए ) यूकेको नवौं कार्यसमितिको तेस्रो पुर्ण बैठक आइतबार लण्डनको वुल्वीचमा सम्पन्न भयो । संघकी अध्यक्ष पुनम गुरुङको अध्यक्षतामा सम्पन्न बैठकले विभिन्न ११ निर्णयहरु गरेको जानकारी महासचिव फडिन्द्र भट्टराईले दिए । बैठकमा निवर्तमान कार्यसमितिका तर्फबाट कोषाध्यक्ष सचिन श्रेष्ठले २२ पृष्ठ लामो आर्थिक प्रतिवेदन पेश गरेका थिए । जसमा संस्थाको कोष १० हजार पाउण्डभन्दा बढि माइनसमा छ ।

सोहि प्रतिवेदनमाथि छानबिन गर्न तीन जना एकाउण्टेटहरुका साथ अध्यक्ष पुनम गुरुङ र कोषाध्यक्ष तेजेन्द्र रोका रहने एक समिति गठन गर्ने निर्णय गरियो । बैठकले आगामी मार्च ५ का दिन एनआरएनए स्थापना दिवस मनाउने निर्णय गरेको छ । यो कार्यक्रमको संयोजन गर्ने जिम्मा आइसिसी सदस्य रामशरण सिम्खडालाई दिइएको छ । बैठकबाट एनआरएनए यूके खेलकुद विभागको संयोजन गर्ने जिम्मा कार्यसमिति सदस्य ह्यारी गुरुङलाई लगाइएको छ ।

यसअघि गठित विभिन्न विभागहरुमध्ये पुर्णता पाइसकेका केहि विभागका संयोजकहरुले त्यसबारे जानकारी बैठकमा प्रस्तुत गरेका थिए । उपाध्यक्ष नारायण कँडेलले प्रस्तुत गरेको राज्य समन्वय परिषद र तीनको क्षेत्राधिकारसम्बन्धी नियमावलीमा थप छलफल आवश्यक रहेको भन्दै पछि निर्णय गरिने भएको छ । राज्य परिषदका पदाधिकारीहरुले नियमावलीमा सुधार गरिनुपर्ने भन्दै थप छलपलmल आवश्यक हुने आवाज उठाएका थिए ।

बैठकले विभाग गठन तथा कार्यसञ्चालन कार्यविधि र विभाग सञ्चालनसम्बन्धी निर्देशिकालाई भने छलफलपछि पारित गरेको छ । आइसिसीमा मनोनित सदस्यहरुले बुझाउनुपर्ने शुल्कका लागि पत्राचार गर्न कोषाध्यक्ष तेजेन्द्र रोकालाई जिम्मा लगाइएको छ । बैठकमा राज्य समन्वय परिषदहरुमध्ये वेल्स परिषदका तर्फबाट अध्यक्ष कृष्ण भण्डारीले आफ्ना कार्यक्रम तथा गतिविधीसम्बन्धी विवरण पेश गरेका थिए ।

आउँदो मार्च ८ मा महिला संयोजक प्रसुना कंडेलको संयोजनमा मनाइने अन्तर्राष्ट्रिय नारी दिवस कार्यक्रमलाई सफल पार्न सिंगो कार्यसमिति सक्रिय बन्ने निर्णय गरियो । संघसंस्था विभाग संयोजक एवम् उपाध्यक्ष रोजिना प्रधानले प्रस्तुत गरेको विभागले आयोजना गर्ने अन्तरक्रिया कार्यक्रमको प्रस्ताव छलफलपछि पारित भयो । प्रवक्ता रामकुमार गुरुङका अनुसार बैठकमा कार्यसमितिका अधिकांश पदाधिकारी र सदस्यहरुको सहभागिता थियो ।

त्यस्तै, इंग्ल्याण्ड राज्य समन्वय परिषद अध्यक्ष दिपक श्रेष्ठ, वेल्सका अध्यक्ष कृष्ण भण्डारी र आइसिसी सदस्य ललितकुमार न्यौपाने पनि बैठकमा सहभागी भएका थिए ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित