पोर्तुगलमा आप्रवासीको संख्या अहिलेसम्मकै धेरै

नरेन्द्र बस्नेत

लन्डन । पोर्तुगलमा आप्रवासीको संख्या सन् २०१९ मा इतिहासमै पहिलोपटक आधा मिलियन भन्दा बढी पुगेको त्याहाँका इन्टेरियर मन्त्रीले बताएका छन् । सन् २०१८ को अन्तमा करिब ४ लाख नब्बे हजार आप्रवासी रहेकोमा सन् २०१९ मा ५ लाख ८० हजार आप्रवासी पुगेको मन्त्रीले जानकारी दिएका हुन् । समाजवादी नेतृत्वको सरकारले आप्रवासीहरुलाई आकर्षित गर्नको लागि खुकुलो नीति अपनाउँदै आएको छ । न्यून जन्मदर र बुढ्यौलीका कारण त्यहाँको जनसंख्यामा ह्रास आउँदै गएका कारण पोर्तुगल सरकारले आप्रवासीहरुलाई आश्रय दिंदै आएको हो ।

पोर्तुगलमा प्रत्यक वर्ष जन्मदरमा निरन्तर ह्रास आउँदै गैरहेको छ । जनसंख्या ह्रास हुने युरोप इटाली, स्पेन र ग्रिसपछि पोर्तुगल चौथो स्थानमा पर्छ । विशेष गरि महिलाहरुले आफ्नो सौन्दर्य तथा क्यारिअरलाई ध्यानमा राखेर उमेर ढल्केपछिमात्र बच्चा जन्माउने भएकाले जनसंख्यामा बढ्दो ह्रास आएको बताइन्छ । आप्रवासीहरुको आवश्यकता महशुस गरेर सन् २१०७ मा त्यहाँका प्रधानमन्त्रीले आप्रवासीहरुलाई प्रश्रय दिने खालको इमिग्रेशन सम्बन्धि कानून पास गरेका थिय । उक्त कानूनलाई सन् २०१८ बाट लागू गरिएको थियो ।कागजपत्र नभएका आप्रवासीहरुलाई सहज गर्नको लागि आधुनिक व्यबस्था लागू गरियो जसले गर्दा पोर्तुगलमा आएर कुनै पनि काम गर्न तथा अध्यन गर्न समेत सहज बन्न पुग्यो ।

देश छाडेर अन्यत्र गएका नागरिकहरुलाई स्वदेश फर्काउनको लागि पनि नयाँ नीति लागू गरेको छ । जस अनुरुप कम्तिमा तीन वर्ष बाहिर बसेका नागरिकहरुलाई स्वदेश फर्काउने उद्देश्यले ५० प्रतिशत सम्म आयकर छुट दिने त्याहाँको सरकारले बताएको छ ।
पछिल्लो समय आप्रवासीहरुको लागि पोर्तुगल प्रमुख रोजाइको मुलुक बन्न पुगेको छ । आप्रवासी भित्र्याउने मुलुकमध्य पोर्तुगल दोस्रो स्थानमा रहेको छ । त्यहाँको नूनातम तलव स्केल मासिक ६ सय देखि ७ सय युरो निर्धारण गरिएको छ भने सन् २०२३ सम्ममा ८ सय ५० सम्म पुर्याउने लक्ष्य रहेको छ ।

गरिब मुलुकका नागरिकहरुलाई आकर्षित गरि देशको अर्थतन्त्रलाई बलियो बनाएर वैदेशिक लगानीलाई आकर्षित गर्ने नीति त्याहाँको सरकारको रहेको छ । विषेशगरी कृषि, पर्यटन लगायत अन्य उत्पादनको क्षेत्रमा लगानी गर्न अन्य युरोपियन देशहरुको तुलनाम पोर्तुगलमा बढी सम्भाव्यता रहेको छ । पोर्तुगल अहिले एसिया, अफ्रिका, दक्षिण अमेरिका र युरोप लगायतका नागरिकहरुको लागि गन्तव्यस्थल बन्न पुगेको छ । पोर्तुगल भित्रिनेमा नेपालीहरुको संख्या पनि उत्तिकै बढ्दै गैरहेको छ ।

सहज रुपमा कागज बन्ने भएकाले कागज बनिसकेपछि युरोपका अन्य मुलुकमा जाने सपना बोक्ने नेपालीहरुको संख्या बढ्दो छ । इमिग्रेशन नीति सहज भएपनि काम पाउन भने त्यत्ति सजिलो छैन । कृषी क्षेत्रमा काम गर्नेहरुको लागि सरकारले विशेष सहुलियत दिएको छ । प्रायजसो कामहरु सिज्नल हुने भएकाले सिजन नभएको समयमा बेरोजगार बस्नुपर्ने बाध्यता रहँदै आएको छ । प्रवेश गरेपछि नै काम गर्नको लागि बाटो खुल्ने भएपनि थुप्रै कागजी प्रक्रियाहरु पूरा गर्नुपर्ने हुछ ।

प्रत्यक महिना सरकारलाई ट्याक्स तिरेको खण्डमा विगतको तुलनामा चाडै नै कार्ड प्राप्त गर्न सकिने प्रविन कार्की बताउछन । सोचे अनुसार सहज नभएका कारण धेरैले संकटको सामान गर्नुपरेको कार्कीको बुझाइ रहेको छ । कमाइको लोभले मात्र नभई कागज बन्न सजिलो हुने र कागज बनेपछि अन्य मुलुकमा जान पाइने भएकोले आफूले दुख गरेर बसेको उनले बताएका छन् ।

राटोपाटी

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित