नेपाली दूतावास लन्डनद्वारा माल्टामा काउन्सिलर सेवा

नरेन्द्र बस्नेत
लन्डन । नेपाली दूतावास लन्डनको एक टोली यतिबेला युरोपको महाद्वीपमा अवस्थित एक विकसित तथा पर्यटकीय स्थलको रुपमा परिचित देश माल्टामा पुगेको छ । जनवरी १५ देखि १८ तारिख सम्मको माल्टा भ्रमणमा गएको दूतावास टोलीले नेपाल भ्रमण वर्ष २०२० को औपचारिक उद्घाटन गर्नुका साथै स्थानीयवासीहरुको लागि काउन्सिलर सेवा समेत उपलब्ध गराएको छ ।

गैर आवासीय नेपाली संघ माल्टाको सहकार्यमा नेपाली दूतावास लण्डनले काउन्सिलर सेवा समेत संचालन गरेको हो । पासपोर्ट रिन्यू, एनआरएन कार्ड, जन्म दर्ता लगायतका विभिन्न काउन्सिलर सेवाहरु प्रदान गरेर माल्टावासीहरुलाई लाभान्वित तुल्याएको नेपाली दूतावास लण्डनका द्वितीय सचिव लव सुवेदीले बताएका छन् । कार्यक्रमलाई सफल पार्न एनआरएनए माल्टाका अध्यक्ष राजु अर्याल, केन्द्रिय सल्लाहकार एनआरएन आइसिसी भिजिट नेपाल २०२० का स्पेशल टास्क फोर्सका मोडेरेटर सोम सापकोटा लगायत सम्पूर्ण कार्यसमितिले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

बेलायतका लागि नेपाली राजदूत तथा माल्टाका लागि गैरआवासीय राजदूत महामहिम डा. दुर्गाबहादुर सुवेदीले माल्टाका विभिन्न स्थानमा गएर स्थानीयवासीसंग प्रत्यक्ष रुपमा भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गरेका छन् । दूतावास प्रतिनिधिहरुले महत्वपूर्ण उच्चस्तरीय व्यापारिक भेटघाट समेत गरेको छ । राजदूत सुवेदी सरक्षक रहने गरि मेयर मार्गारेट बाल्दाचिनोको अध्यक्षतामा पहिलोपल्ट माल्टा-नेपाल मैत्री समाजको गठन गरिएको छ ।

नवगठित समितिले नेपाल र माल्टाबीचमा मितेरी पुलको रुपमा रहेर काम गर्ने राजदूत सुवेदीले बताएका छन् । नेपाल सरकारको नेपाल भ्रमण वर्ष २०२० को अभियानलाई सफल पार्न नेपाललाई सुरक्षित र सुन्दर पर्यटकीय स्थलको रुपमा उजागर गर्न राजदूत सुवेदीले नवगठित समितिलाई अनुरोध गरेका छन् ।

नेपाली दूतावास लन्डनको सहकार्यमा माल्टामा गरिएको काउन्सिलर सेवा, स्थानीय नेपालीहरुसंगको अन्तरक्रिया, उच्चस्तरीय भेटघाट तथा माल्टा-नेपाल मैत्री समाजको गठनले नेपाल भ्रमण वर्ष २०२० को अभियानलाई ठूलो सहयोग पुग्ने केन्द्रिय सल्लाहकार एनआरएन आइसिसी भिजिट नेपाल २०२० का स्पेशल टास्क फोर्सका मोडेरेटर सोम सापकोटाले बताएका छन् ।
राटोपाटी

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित