ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

सिरहामा डिजे साउण्ड बोकेको ट्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । दुर्घटनामा पाँच जना घाइते भएका छन् ।

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत गोलबजार नगरपालिका ७ स्थित पुरानो चोहर्बा सडक खण्डमा स१त ६५६० नम्बरको ट्याक्टर दुर्घटना भएको सिरहा प्रहरीले जनाएको छ ।

 

 

तीव्र गतिमा रहेको ट्याक्टर सडकमा बाख्रालाई बचाउने क्रममा दुर्घटना भएको थियो । दुर्घटनामा परी सिरहाकै लहान नगरपालिका १३ निवासी २१ बर्षीय सन्तोष कुमार यादव र धनगढी नगरपालिका १२ निवासी २२ बर्षीय श्रीप्रसाद मण्डलको मृत्यु भएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका उनीहरुलाई उपचारका लागि लहानतर्फ लग्दै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
अनलाइनखबर

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित