एमसीसीबारे नेकपाले छिट्टै निर्णय लिन्छ : प्रवक्ता श्रेष्ठ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवक्ता नारायणकाजी श्रेष्ठले अमेरिकी सहयोगसम्बन्धी प्रस्ताव मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे पार्टीले छिट्टै आवश्यक निर्णय लिने बताएका छन् ।

प्रेस संगठन म्याग्दीले शनिवार बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नेपालको विद्युत् प्रशारण लाइन र सडक स्तरोन्नतिका लागि अमेरिकाले घोषणा गरेको सहयोग प्रस्ताव एमसीसीलाई संसद्बाट पारित गराउने विषयमा सत्तारुढ दल नेकपाभित्रै विवाद उत्पन्न भइरहेको सन्दर्भमा राष्ट्रिय हितलाई केन्द्रमा राखेर निर्णय गरिने बताएका हुन् ।

 

‘पार्टीको सचिवालय बैठकले राष्ट्रिय स्वाधीनता र विकासलाई ध्यान दिएर यथार्थपूर्वक ढंगबाट एमसीसी प्रस्तावबारे आवश्यक निकास निकाल्ने छ,’ प्रवक्ता श्रेष्ठले भने, ‘अब लामो समयसम्म एमसीसी प्रस्तावलाई के गर्ने भनेर बस्ने अवस्था रहँदैन, पार्टीको सचिवालय बैठकलाई निर्णय गर्ने निर्देशन भएको छ, अब बस्ने बैठकले यसबारे निष्कर्षमा पुर्‍याउँछ ।’

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित