एनएरएनबारे जान्दै नजानेकाहरु कसरी सांसद भए ? : एनआरएनए अध्यक्ष पन्त

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्षकुमार पन्तले राजनीतिक अधिकार बाहेकको नेपाली नागरिकता एनआरएनले पाउने निश्चित भएको दाबीगरेका छन्। उनले नेपाल सरकारसँग पूर्ण अधिकारसहितको नागरिकताको कुरा भइरहेको तर राजनीतिक अधिकारबाहेक आर्थिक, साँस्कृतिक र सामाजिक अधिकार सहितको नागरिकता पाउने निश्चित भएको बताए।

दोहोरो नागरिकताको माग गरेको आरोप लाग्ने गरेको एनआरएनएका अध्यक्ष पन्तले आफूहरुले दोहोरो नागरिकता नभई नेपाली नागरिकताको निरन्तरताको मात्र माग गरेको स्पष्ट पारे। उनले भने, ‘हामिले दोहोरो नागरिकताको माग गरेका हैनौं। हामीले नेपाली नागरिकताको निरन्तरताको मात्र माग गरेका हौं।’

नेपाली नागरिकता नेपालीले नै किन नपाउने भन्दै पश्न समेत गरेका छन्। उनले भने, ‘विदेशमा हामी गएको ३ वर्षभित्र नै नागरिकताको लागि वेल्कम गर्छ। तर, हामी नेपालमै जन्मेका नेपाली, नेपालमै केही गर्नुपर्छ भनेर मरिहत्ते गरी लागिरहेका हुन्छौं। यसरी नेपालमै रोजगारीको सृजना गर्नुपर्छ भन्ने हाम्रो नै नागरिकता किन खोस्नु? हामीले किन नागरिकता नपाउने?’

नेपाली नागरिकताको निरन्तरता भएमा नेपालमा लगानी गर्न अझै सजिलो हुने उनले बताए। एनआरएनको आउँदो पुस्ताले पनि आफूहरु नेपाली रहेकोमा गर्व गर्ने बताउदै उनले एनआरएनले नेपालमा गर्वका साथ लगानी गर्न पाओस भन्नका लागि पनि नेपाली नागरिकताको निरन्तरताको माग गरिएको बताए।

 

उनले भने, ‘यदि हामीसँग नेपाली नागरिकता भयो भने हामीले नेपालमा गर्ने परोपकारका कामहरु पनि ढुक्कसँग गर्न पाउँछौं। हामीले नेपालमा गर्ने लगानी पनि गर्वका साथ गर्न पाउँछौं।’

अध्यक्ष पन्तले एनआरएनले नेपालमा मतदानको अधिकारसहितको नागरिकताको लागि पहल भइरहेको समेत जिकीर गरेका छन्। उनले भने, ‘मैले भर्खर पनि परराष्ट्रमन्त्रालयका कर्मचारीहरुसँग जुनसुकै देशमा रहेका एनआरएनले पनि सोही देशबाट मतदान गर्न पाउने गरि व्यवस्था मिलाउन आग्रह गरेर आएको छु। सम्मननीय प्रधानमन्त्रीसँग पनि यसबारेमा कुरा गरिरहेको छु।’ आफु जुनसुकै देशमा रहे पनि आफ्नो मातृ भूमिको मताधिकार पाउँनु एनआरएनको अधिकार भएकोसमेत अध्यक्ष पन्तले बताए।

नेपालमा राम्रो भए नेपाल नभए विदेशमा जाने तरिकाले एनआरएनएले नागरिकताको माग गरेको कुरा संसदमा उठेको थियो नि भन्ने प्रश्नको जवाफ दिँदै अध्यक्ष पन्तले त्यस्ता सांसदहरुसँग आफू फेस टू फेस कुरा गर्न तयार रहेको समेत बताए। एनआरएनएले माग गरेको नागरिकताको बारेमा र एनआरएनएको बारेमा जानकारी नपाएका सांसदहरुले यस्तो भन्ने गरेको बताए। उनले यस्ता मान्छे कसरी सांसद भए भनि प्रश्न समेत गरेका छन्।

 

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित