पक्राउ पुर्जी जारी भएपछि मार्सीवाला प्रसाईँ फरार

प्रस्तावित बी एन्ड सी मेडिकल कलेज, झापाका सञ्चालक दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । प्रसाईंविरुद्ध जिल्ला प्रशासन कार्यालय भक्तपुरले मानहानि मुद्दामा पक्राउ पुर्जी जारी गरेको हो ।

प्रसाईंविरुद्ध चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले मानहानिको उजुरी हालेका हुन् । यसअघि प्रसाईंले कलेजको सम्बन्धनका लागि आयोगमा जाँदा गिरीले २० करोड रुपैयाँ घुस मागेको आरोप लगाएका थिए । उनले दुईपटक सम्मेलन नै गरेर गिरीले घुस मागेको बताएका थिए ।

जिल्ला अदालत भक्तपुरले प्रसाईंलाई पक्राउ गर्न अनुमति दिएलगत्तै प्रशासनले पुर्जी काटेको हो । पुर्जी लिएर प्रहरी टोली प्रसाईंको निवास गए पनि उनी नभेटिएको प्रहरीस्रोतले जनाएको छ । प्रसाईंले आफूविरुद्ध अभद्र व्यवहार, गाली बेइज्जती तथा मानहानि गरेको भन्दै गिरीले महानगरीय प्रहरी परिसर भक्तपुरमा उजुरी दिएका थिए ।

प्रसाईंले पुस २३ गते पत्रकार सम्मेलन गरी घुस मागेको आरोप लगाएपछि गिरीले पनि सोही दिन पत्रकार सम्मेलन नै गरेर त्यसको प्रमाण पेस गर्न चुनौती दिएका थिए । त्यसपछि प्रसाईंले फेरि पत्रकार सम्मेलन गरेर गिरीले मात्र नभएर आयोगका पदाधिकारीले नै घुस माग्ने गरेको आरोप लगाएका थिए । उनले डा. गिरीको सम्पत्ति छानबिन गर्न सम्पत्ति शुद्धीकरण विभागमा उजुरी गरेका छन् ।

प्रसाईंले घुस मागिएको विषयमा नेकपा अध्यक्ष पुष्पकमल दाहाललगायतलाई समेत जानकारी गराएको बताएका थिए । विवादित कलेजलाई सम्बन्धन दिलाएरै छाड्ने प्रयासमा रहेका प्रसाईंको घरमा यसअघि दाहाल र प्रधानमन्त्री केपी शर्मा ओलीले मार्सी चामलको भात खाएको तस्बिर निकै आलोचित भएको थियो ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित