केयूमा दुई सातादेखि पठनपाठन ठप्प

काठमाडौं विश्वविद्यालय (केयू)मा पठनपाठन ठप्प भएको दुई साता पुग्न लाग्दा पनि पठनपाठन सञ्चालन गर्न सम्बन्धित पक्षले चासो दिएको छैन । यही १५ पुसदेखि प्राध्यापक र कर्मचारी संघको आन्दोलनका कारण विश्वविद्यालयको पठनपाठन ठप्प भएको हो ।
‘गत ३० भदौमा भएको चारबुँदे सम्झौता कार्यान्वयन नभएका कारण आन्दोलन गर्नुपरेको हो,’ प्राध्यापक संघका सभापति डा. वेदमणि दाहालले भने, ‘विश्वविद्यालयको ऐनमा भएको कुरा कार्यान्वयन नभएका कारण ताला लगाउन बाध्य भएका हौं ।’
प्राध्यापक संघ र कर्मचारी संघका प्रतिनिधि सभा र कार्यकारी परिषद्मा सहभागी हुनुपर्ने, ती प्रतिनिधि प्राध्यापकले नै छान्न पाउनुपर्ने, विश्वविद्यालयमा भएको आर्थिक अपचलन छानविन हुनुपर्ने, परीक्षा समयमै हुनुपर्ने, प्राध्यापक र कर्मचारीको वृत्तिविकास रेगुलर हुनुपर्नेलगायतको माग राखिएको उनले बताए । ‘गत ३० भदौमा विश्वविद्यालयका उपकुलपति, रजिष्ट्रार, डीन, प्राध्यापक तथा कर्मचारीबीच माग पूरा गर्ने सहमति भएको थियो । कार्यान्वयन गर्न चासो दिइएन,’ उनले भने ।
विश्वविद्यालयले आगामी १३ मागमा विशेष सभा बोलाएर आन्दोलनरत पक्षको माग सम्बोधन गर्ने तयारी गरेको छ । ‘१३ माघमा विशेष सभा बोलाउने सूचना आएको छ,’ सभापति दाहालले भने, ‘सभाले पनि माग पूरा हुने नहुने अन्योल छ ।’ विद्यार्थीको पठनपाठन प्रभावित हुनुमा विश्वविद्यालय नेतृत्व नै जिम्मेवार रहेको उनले बताए । केयूमा झण्डै १५ हजार विद्यार्थी अध्ययनरत छन् ।

 

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित