पूरै परिवारले त्रिशुलीमा हाम्फाले, श्रीमानको उद्धार, श्रीमतीको मृत्यु, दुई छोरा बेपत्ता

धादिङ। २ नाबालक छोरासहित एक दम्पतीले त्रिशुलीमा हाम्फालेका छन् । हाम्फालेका ४ जनामध्ये श्रीमानको मात्र उद्धार गर्न सकिएको छ । श्रीमतीको शव भेटिएको छ । २ वर्ष र ४ महिनाका २ छोरा बेपत्ता छन् । बेपत्ता नाबालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डिएसपी रुपक खड्काले जानकारी दिए ।

धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ स्थित बादरेमोड छेउबाट काठमाडौं चन्द्रागिरी नगरपालिका थानकोट घर भएका ३५ वर्षका विनय लामिछाने र २७ वर्षकी जमुना रेग्मी लामिछानेले २ वर्षका बिजन लामिछाने र नाम राख्नै बाँकी भएका ४ महिनाका छोरा साथैमा लिएर बिहीबार साँझ ७ बजेतिर त्रिशुली नदीमा हेलिएका थिए । घटनापछि श्रीमती जमुनाको मत्यु भएको छ भने दुवै छोराहरु बेपत्ता छन् ।

श्रीमान विनयलाई भने स्थानीयले जीवितै उद्दार गरेका थिए । बेपत्ता बालकको शुक्रबार बिहानैबाट खोजी भइरहेको छ । त्रिशुली नदी धमिलो भएकाले र पानी परिरहेकाले खोजी कार्यमा कठिनाइ भएको प्रहरीले जनाएको छ । जीवितै उद्दार गरिएका बिनय इलाका प्रहरी कार्यलय गजुरीको नियन्त्रणमा छन् भने घटनाको अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

डिसी नेपाल

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित