बेलायतका लागि नेपाली पूर्व राजदूत शर्माको निधन

लन्डन । बेलायतका लागि नेपाली पूर्व राजदूत मुरारीराज शर्माको ह्दयघातका कारण मंगलबार लन्डनमा निधन भएको छ ।लन्डन पट्नी निवासी ६८ वर्षीय शर्माको बिहान पौने ११ बजेतिर घरमै निधन भएको शर्माका आफन्त एवं दूतावासका पूर्व कर्मचारी अनिल अधिकारीले जानकारी दिए । उनी ‘मर्निङ वाक’ गरि घर फर्किएर ब्रेकफास्ट खाएपछि त्यस्तो दुःखद निधन भएको हो ।

शर्माको शव टुटिङस्थित सेन्ट जोर्ज हस्पिटलमा राखिएको छ । शर्मा श्रीमति निलाका साथ लन्डनमा थिए । उनका दुई छोरा अमेरिकामा चिकित्सक छन् । शर्माको अन्त्येष्टी छोराहरु अमेरिकाबाट आएपछि कहां गर्ने भन्नेबारे टुंगो लाग्ने अधिकारीले बताए । सन् २००७ नोभेम्बर देखि २००९, अप्रिलसम्म शर्मा लन्डनस्थित नेपाली दूतावासमा १८ औं राजदूतका रुपमा कार्यरत थिए । उनले संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि भएर पनि काम गरेका थिए । पूर्व परराष्ट्र सचिव शर्माले अर्थ, गृह र सामान्य प्रशासन मन्त्रालयमा पनि काम गरे ।

लन्डनमा राजदूतको कार्यकाल बांकी छंदै प्रचण्ड नेतृत्वको तत्कालिन माओवादी सरकारले उनलाई फिर्ता बोलाएपछि शर्मा सुरक्षाका कारण भन्दै नेपाल नगइ लन्डनमै बसेका थिए । राजदूतबाट हटेपछि शर्मा लन्डनमा पुस्तक, लेख, गीत, कविता लेखन आदिमा व्यस्त थिए । उनको स्थायी घर भोजपुर दिङ्ला हो ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित