एमसीसीको विपक्षमा नबोल्न मन्त्रीहरुलाई ह्वीप

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)बारे विपक्षमा नबोल्न मन्त्रीहरुलाई ह्वीप जारी गरेका छन् । उनले विपक्षमा बोल्ने मन्त्रीलाई पद छाड्न निर्देशनसमेत दिए ।

मन्त्रिपरिषद्को पुस २८ गते सोमबार साँझ बसेको बैठकमा आधिकारिक एजेण्डामा प्रवेश गर्नुपूर्व मन्त्रीहरुको ध्यानाकर्षण गराउँदै उनले ‘कुनै पनि मन्त्रीले अब उप्रान्त कुनै पनि ठाउँमा एमसीसीबारे नकारात्मक कुरा नगर्नु होला’ भनेका थिए।

सरकारको योजनाको विरोध गरेर मन्त्रिपरिषद्मै बसिरहनुको अर्थ नभएकोले विरोधमा बोल्नेले पद छाडेरमात्र बोल्न मन्त्रीहरुलाई निर्देशात्मक चेतावनी दिएका थिए। अपरान्ह पाँच बजेदेखि शुरु भएको मन्त्रिपरिषद्को बैठकमा एमसीसीबारे मन्त्रीहरुको अस्पस्टता र पार्टीका आन्तरिक कार्यक्रमहरुमा कतिपय मन्त्रीहरुले विपक्षमा बोल्ने गरेको सूचनाका आधारमा प्रधानमन्त्रीले मन्त्रिपरिषद्को बैठकमा आक्रोशपूर्व अभिव्यक्ति दिएका थिए।

सरकारको योजनाको विरोध गरेर मन्त्रिपरिषद्मै बसिरहनुको अर्थ नभएकोले विरोधमा बोल्नेले पद छाडेरमात्र बोल्न मन्त्रीहरुलाई निर्देशात्मक चेतावनी दिएका थिए।

पार्टीभित्र एमसीसीको विपक्षी खेमासम्बद्ध गुटमा सामेल भए पनि मन्त्री भएपछि चूपचाप भएका कृषिमन्त्री घनश्याम भुषालले पहिले जे भयो भयो अव के गर्ने त्यो भन्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए । बैठकमा प्रधानमन्त्री ओलीले एमसीसीको अनुमोदन यो सरकारको नीति भएको स्पष्टसँग बुझ्न मन्त्रीहरुलाई भनेका थिए ।

२० करोड घुसबारे के गर्ने ?

मन्त्रिपरिषद्को बैठकमा शिक्षा मन्त्री गिरिराजमणि पोख्रेलले मेडिकल कलेजका मालिक व्यापारी दुर्गा प्रसाईंले नेपाल मेडिकल काउन्सिलका डा. श्रीकृष्ण गिरीले घुस लिएको आरोप लगाएको विषयमा मन्त्रिपरिषद्बाटै प्रतिवाद हुनुपर्ने माग गरेका थिए।

उनले ‘यस्तो आरोप लाग्दा सम्बन्धित मन्त्री भएकाले मैंले मात्रै डिफेण्ड (प्रतिवाद) गर्ने हो कि मन्त्रिपरिषद्ले गर्ने हो त्यसको टुंगो होस् एक्ला एक्लै प्रतिवाद गर्नुभन्दा मन्त्रिपरिषद्बाटै त्यस्तो आरोपको कडा प्रतिवाद होस्’ भनेका थिए । स्रोतका अनुसार, यो विषयमा मन्त्रीको कुरा सुनेर पनि प्रधानमन्त्रीले कुनै प्रतिक्रिया जनाएनन्।

रावलबारे आक्रामक भए प्रधानमन्त्री

प्रधानमन्त्री ओलीले एमसीसीबारे नभएका कुराहरु ठूल्ठूलो स्वरमा प्रचार गरेको भन्दै पार्टी स्थायी समिति सदस्य भीम रावलप्रति मन्त्रिपरिषद्को बैठकमा आक्रोश पोखे। रावलले बालुवाटारले आफूलाई ज्यानमार्ने धम्की दिएको आरोप लगाएको कुरा कोट्याउँदै प्रधानमन्त्री ओलीले रावलले भनेको बालुवाटार भनेको के हो ? को हो बालुवाटार ? जथाभावी बोल्दै हिड्ने ? पार्टीको जिम्मेवार नेताले जे पनि भन्दै हिड्ने पनि हुन्छ ? भन्दै आक्रोश पोखेका थिए ।

एमसीसीको प्रसंगमा निर्देशन दिने क्रममा ओलीले रावलबारेको कुरा निकालेका थिए। झण्डै २ घण्टा लामो निर्देशनात्मक भाषण गरेपछि मन्त्रिपरिषद्को बैठक एजेण्डामा प्रवेश गर्दै केही औपचारिक निर्णयहरु गरेको थियो । विद्युतीकरणसम्बन्धी कार्यक्रमलाई १२ अर्वभन्दा बढी विदेशी ऋण रकम स्वीकार गर्ने निर्णय गरिएको छ।
डिसी नेपाल

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित