Home > Blog > एनआरएनए यूकेद्वारा दश सदस्यीय प्रेस तथा मिडिया विभाग बिस्तार

एनआरएनए यूकेद्वारा दश सदस्यीय प्रेस तथा मिडिया विभाग बिस्तार

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

गोर्खा नालाइन रेडियो,

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको प्रेस तथा मिडिया विभाग बिस्तार भएको छ । विभागका प्रमुख एवम् एनआरएनए यूकेका प्रवक्ता रामकुमार गुरुङले विभागमा संयोजक, सदस्यहरु र सल्लाहकारहरु नियुक्त गरेका छन् । विभाग प्रमुख गुरुङका अनुसार विभागको संयोजकको जिम्मेवारी पत्रकार ध्रुवराज अर्याललाई दिइएको छ । विभागको सदस्यमा पत्रकारहरु बाचस्पति रेग्मी, नरेन्द्र बस्नेत, पुर्ण गुरुङ, जगन कार्की र खेमराज रानाभाटलाई चयन गरिएको छ । त्यस्तै, सल्लाहकारमा वरिष्ठ पत्रकारहरु भगिरथ योगी, नविन पोखरेल र प्रमिला लाबुङ राई मनोनित भएका छन् ।

विभागमा संयोजकको जिम्मेवारी पाउने अर्याल नेपाल पत्रकार महासंघ बेलायतका वरिष्ठ उपाध्यक्ष हुन् । नेपालीपत्रका सम्पादक उनी अन्नपुर्ण राष्ट्रिय दैनिकका बेलायत संवाददाताका रुपमा समेत कार्यरत छन् । उनी यसअघिको एनआरएनए यूके मिडिया तथा प्रेस विभागमा पनि सदस्यसचिव थिए । विभागमा सदस्य मनोनितहरुमध्ये बाचस्पति रेग्मी पत्रकार महासंघ बेलायतका पार्षद हुन् । उनी शितलपाटीन्यूजका सम्पादक पनि हुन् ।

त्यस्तै, नरेन्द्र बस्नेत पत्रकार महासंघ बेलायतका उपमहासचिव तथा रातोपाटी अनलाइनका बेलायत संवाददाता हुन् । पुर्ण गुरुङ र जगन कार्की दुवै पत्रकार महासंघ बेलायतका सचिव हुन् । गुरुङ एभरेष्ट टाइम्स यूके र नागरिकखबर अनलाइनसंग आबद्ध छन् भने कार्की साउथ एशिया टाइम अंग्रेजी अनलाइनका सम्पादक हुन् ।
त्यसैगरी, विभागको सदस्य मनोनित भएका खेमराज रानाभाट पत्रकार महासंघ बेलायतका कार्यसमिति सदस्य, प्रेस युनियन बेलायतको उपाध्यक्ष तथा नेपाली वेभ अनलाइनका सम्पादक हुन् ।

विभागको सल्लाहकारमा मनोनित हुने भगिरथ योगी लामो समय बिबिसीमा आबद्ध रहेका वरिष्ठ पत्रकार हुन् । उनी पत्रकार महासंघ बेलायतमा सल्लाहकार छन् । त्यस्तै, अर्का सल्लाहकार नविन पोखरेल कान्तिपुर दैनिक र कान्तिपुर टिभिका बेलायत संवाददाता हुन् । झण्डै डेढ दशकदेखि बेलायतमा सक्रिय उनी पत्रकार महासंघ बेलायतका संस्थापक अध्यक्ष पनि हुन् । सल्लाहकारमा मनोनित प्रमिला लावुङ राई फोनिज यूकेकी अध्यक्ष हुन् । बिजिडब्लुएस रेडियोमा कार्यरत उनी पत्रकार महासंघ बेलायतमा पनि पार्षद छन् ।

विभागका प्रमुख एवम् एनआरएनए यूके प्रवक्ता रामकुमार गुरुङले बेलायतमा क्रियाशिल नेपाली पत्रकारहरुको प्रतिनिधिमुलक सहभागितामा विभाग बिस्तार गरिएको बताए ।
विभागको सिंगो टिम र सल्लाहकार समेतको सहभागितामा छिट्टै एक बैठक गरी भावी कार्ययोजना तय गरिने उनले जानकारी दिएका छन् ।

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1