६ महिनाभित्र एनआरएनएको विशेष अधिवेशन गर- डा. पौडेल

काठमाडाैं। गैर आवासीय नेपाली संघ युएसएका पूर्व सभापति डा. केशव पौडेलले एक महिनाभित्र संघको विशेष अधिवेशन आह्वान गरी ६ महिनाभित्र विशेष अधिवेशन डाकेर संस्थालाई गतिशील र संस्थागत बनाउन माग गरेका छन् ।

बुधबार एक विज्ञप्ति निकाल्दै डा. पौडेलले गत अक्टुबर महिनाको १५ देखि १७ सम्म नेपालमा सम्पन्न गैर आवासीय नेपाली संघको नवौं विश्व सम्मेलनमा कोषाध्यक्ष र महासचिवको प्रतिवेदन पारित नभएको स्मरण गरे।

“यो दुवै महत्वपूर्ण विषयलाई अर्थहीन जस्तो गराइ चुनाव गराइयो र त्यसवाट चुनिएको अहिलेको समितिले के आधारमा संस्थाको कोष संचालन गरिरहेको छ ? संस्थाको वार्षिक प्रतिवेदन समेत पास नभएको अवस्थामा अहिलेको समितिले कार्यक्रमहरु कसरी लगिरहेको छ ?” उनले प्रश्न गरेका छन् ।

उनले अहिलेको निर्वाचन प्रक्रियाले स्वच्छ निर्वाचनको कल्पना गर्न सकिंदैन भन्दै निर्वाचन प्रक्रियालाई वैज्ञानिक र समय सापेक्ष रुपमा सुधार गरी आमूल परिवर्तन गर्नुपर्ने खाँचो रहेको बताए ।

“प्रतिनिधि छान्ने प्रक्रियापनि अवैज्ञानिक खालको रहेको छ, यसमा सुधार हुन आवश्यक छ । एउटा व्यक्तिले ठानेको विचारका आधारमा संस्थालाई हिंडाउन खोजिएको छ। आफू अनुकूल हुने गरी विधानलाई प्रयोग गर्ने कार्य बढ्दै गइरहेको छ। यसले एनआरएनए संस्थागत हुन सकिरहेको छैन। निर्वाचन प्रक्रियालाई पारदर्शी बनाउनका लागि सम्मेलनमा पुगेर पास पाउने र त्यो पनि कसैको निगाहमा भर पर्नुपर्ने परिपाटीको अन्त्य हुनुपर्दछ। प्रतिनिधिको छनौटको काम सम्मेलन हुनुभन्दा कम्तिमा १ महिना अघि हुनुपर्दछ,” डा. पौडेलले आफ्नो वक्तव्यमा भनेका छन्।
डिसी नेपाल

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित