काठमाडौं । लामो समयदेखि लगातार ओरालो लागेको सेयर बजारमा केही दिनयता सुधार देखिएको छ । साताको पहिलो दिन दोहोरो अंकले बढेको बजारमा बुधबार पनि उभार आएपछि लगानीकर्ताहरु हौसिएका छन् ।

सबैभन्दा बढी सोमबार नेप्से परिसूचक एकैचोटि ४३ अंकले बढेको थियो । मंगलबार थोरै गिरावट आए पनि बुधबार पुनः बजार २०.८५ अंक माथि उक्लेको छ । नेप्से परिसूचक एक हजार २ सय ८४.२३ कायम भएको छ ।

कारोबार रकम पनि यस साता उच्च देखिएको छ । २ दिन लगातार अर्ब माथि भएको कारोबार बुधबार पनि अर्ब नजिकै पुग्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार ९० करोड ४८ लाख १३ हजार ९३२ रुपैयाँ बराबरका सेयर खरिदबिक्री भएका छन् ।

तर, यो साता देखिएको हरियालीबाट लगानीकर्ता दंग भए पनि यो उभार कहिलेसम्म टिक्ला भन्ने चिन्ता उत्तिकै छ ।

नेप्से परिसूचक केही वर्षअघि नै १ हजार ८ सय ८१ को विन्दुमा पुगिसकेको हो । तर त्यसयता निरन्तर ओरालो लाग्दा बजार १ हजार १ सयको हाराहारीमा घुमिरहेको थियो ।

बैंक तथा वित्तीय संस्थाहरुमा अहिले तुलानात्मक हिसाबले कर्जा प्रवाह राम्रो छैन । कर्जाको माग जुन हिसाबले हुनु पर्ने थियो त्यो नभएको बैंकरहरु बताउँछन् । कर्जाको माग कम हुँदा अहिले बैंकमा लगानीयोग्य रकम पर्याप्त छ ।

यसको असर अहिले सेयर बजारमा देखिएको पूर्बबैंकर अनलराज भट्टराई बताउँछन् । तरलता सहज हुँदा मार्जिन लेण्डिङ कर्जामा पनि सुधार भएको उनको भनाइ छ ।

‘बजार बढ्नु पर्ने नै हो, घट्नुपर्ने त्यस्तो केही कारण छैन,’ उनी भन्छन्, ‘अहिले तरलता सहज भयो र बजारप्रति सकारात्मक धारणा पनि बनेका कारण त्यसको प्रभाव बजारमा देखिएको छ ।’

उनले पछिल्लो समय अर्थमन्त्री डा. युवराज खतिवडाका भनाइहरु पनि सकारात्मक देखिएकाले पनि मनोवैज्ञानिक असर परेको हुनसक्ने बताए ।

सेयर बजारका विज्ञ अम्बिका प्रसाद पौडेल पनि तलरता सहज हुँदाको असर सेयर बजारमा सकारात्मक देखिएको बताउँछन् । घट्नु पर्ने खास कारण नभएको र बजार बढ्नै पर्ने बेला भएकाले पनि यहाँ धेरै कारणहरु नभएको उनले बताए ।

अनलाइन खबर

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित