संगीता पडेल “स्मृति
अरे घमण्ड र समुन्द्रको छाल उस्तै लाग्छ,
तिम्रो लोकाचार र सौतेनी नाल उस्तै लाग्छ।।
अपनाउछौ शकुनि पासा, आउ वीरको भाती,
घातक दुई जिब्रे बोल्नेको चाल उस्तै लाग्छ।।
देखियो एकान्तमा रोएको कयौंपटक तिमी,
झुटले थामेको सम्बन्ध र त्रिपाल उस्तै लाग्छ।।
चाहे जता गएर हेर्नुहोस् रमिता नै हेर्नू त हो,
सर्कसको चटक र फेसबुक संजाल उस्तै लाग्छ।।
तिम्रो लागी परिवारको खुसी च्याखे थापेकी हुँ,
तिम्रो त्यो माया र जुवाको खाल उस्तै लाग्छ।।
अरे घमण्ड र समुन्द्रको छाल उस्तै लाग्छ,
तिम्रो लोकाचार र सौतेनी नाल उस्तै लाग्छ।।
सुन्नको लागि तलको प्ले बटनमा क्लिक गर्नुहोला ।





