बागलुङमा मेयरकप फुटबल हुने

आगामी माघ १६ गतेदेखि २२ गतेसम्म बागलुङमा मेयरकप फुटबल आयोजना हुने भएको छ । बागलुङ नगरपालिकाको आयोजना र जिल्ला फुटबल सङ्घको संयोजनमा राष्ट्रियस्तरको मेयर कप फुटबलको आयोजना गर्न लागिएको नगरप्रमुख जनकराज पौडेलले जानकारी दिए ।

‘खेलको प्रवद्र्धनमार्फत आन्तरिक पर्यटक बागलुङ ल्याउने हाम्रो मनसाय हो’, पौडेलले भने– ‘खेलकूदबाट बागलुङलाई चिनाउन राष्ट्रियस्तरको मेयरकप आयोजन गर्न थालिएको हो ।’

नगरपालिकाले प्रतियोगिता सम्पन्न गर्न २१ लाख ९६ हजार ११० बजेट विनियोजन गरेको छ । १२ देखि २० समूहले सहभागिता जनाउने अपेक्षा गरिएको फुटबल सङ्घका अध्यक्ष रामराज गुरुङले जानकारी दिए ।
प्रतियोगिताको विजेताले उपाधिसहित तीन लाख प्राप्त गर्नेछ । उपविजेताले दुई लाख र सेमिफाइनल पुग्ने टिमले ६०–६० हजार प्राप्त गर्नेछन् ।

यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले १० हजार र विधागततर्फ उत्कृष्ट फरवार्ड, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ताले समानस्वरुप पाँच हजारका दरले पुरस्कार पाउने छन् । यस्तै प्रतियोगितामा म्यान अफ दि म्याच हुने खेलाडीले दुई हजार प्राप्त गर्नेछन् ।

 

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित