धवलागिरी बहिरा आवासीय माध्यमिक बिद्यालय बागलुङको अभिभावक भेलाले केवी राना मगरको अध्यक्षतामा ११ सदस्यीय विद्यालय व्यवस्थापन समिति गठन गरेको छ । हालै सम्पन्न भेलाबाट विद्यालयका संस्थापक समेत रहेका राना अध्यक्षमा चयन भएका हुन् । भेलाले दुर्गा बिश्वकर्मा, सारदा कुँवर, कृष्ण बहादुर खत्री र फम बहादुर खत्रीलाई सदस्यमा चयन गरेको छ । बिद्यालय व्यवस्थापन समितिमा सर्वसम्मत चयन भएका पदाधिकारीको बैठकले अभिभावक सुनिता शर्मालाई सदस्यमा मनोनित गरेको छ । उद्योग बाणिज्य संघका प्रमुख तथा प्रतिनिधि अनिवार्य सदस्यहुने व्यवस्था अनुसार बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष युवराजराज भण्डारी र सदस्य गाणेश लम्साल विद्यालय व्यवस्थापन समितिको सदस्य बनेका छन् । शिक्षक प्रतिनिधि दयाराम गौतम र वडा प्रतिनिधिको रुपमा बागलुङ नगरपालिका १ रामरेखाका वडाअध्यक्ष दुर्गाबहादुर बोहरा सदस्य बनेको बिद्यालयले जनाएको छ । विद्यालयका प्रधानाध्यापक रेशम बहादुर श्रीस पदेन सदस्य सचिव बनेका छन् । नवनिर्वाचित समितिले विद्यालयलाई थप व्यवस्थीत र समयानुकुल संरचनामा लैजाने प्रतिबद्धता जनाएको छ ।





