धवलागिरी बहिरा बिद्यालयको अध्यक्षमा राना

धवलागिरी बहिरा आवासीय माध्यमिक बिद्यालय बागलुङको अभिभावक भेलाले केवी राना मगरको अध्यक्षतामा ११ सदस्यीय विद्यालय व्यवस्थापन समिति गठन गरेको छ । हालै सम्पन्न भेलाबाट विद्यालयका संस्थापक समेत रहेका राना अध्यक्षमा चयन भएका हुन् । भेलाले दुर्गा बिश्वकर्मा, सारदा कुँवर, कृष्ण बहादुर खत्री र फम बहादुर खत्रीलाई सदस्यमा चयन गरेको छ । बिद्यालय व्यवस्थापन समितिमा सर्वसम्मत चयन भएका पदाधिकारीको बैठकले अभिभावक सुनिता शर्मालाई सदस्यमा मनोनित गरेको छ । उद्योग बाणिज्य संघका प्रमुख तथा प्रतिनिधि अनिवार्य सदस्यहुने व्यवस्था अनुसार बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष युवराजराज भण्डारी र सदस्य गाणेश लम्साल विद्यालय व्यवस्थापन समितिको सदस्य बनेका छन् । शिक्षक प्रतिनिधि दयाराम गौतम र वडा प्रतिनिधिको रुपमा बागलुङ नगरपालिका १ रामरेखाका वडाअध्यक्ष दुर्गाबहादुर बोहरा सदस्य बनेको बिद्यालयले जनाएको छ । विद्यालयका प्रधानाध्यापक रेशम बहादुर श्रीस पदेन सदस्य सचिव बनेका छन् । नवनिर्वाचित समितिले विद्यालयलाई थप व्यवस्थीत र समयानुकुल संरचनामा लैजाने प्रतिबद्धता जनाएको छ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित