Home > Blog > आफ्नै कार दुर्घटनामा गायक भट्टराईको निधन

आफ्नै कार दुर्घटनामा गायक भट्टराईको निधन

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

काठमाडौं। वरिष्ठ गायक निशान भट्टराईको सवारी दुर्घटनामा परी निधन भएको छ।

सोमबार राति आफैंले चलाएको कार तीनकुनेस्थित सडकको पोलमा ठोक्किएर गम्भीर घाईते भएका भट्टराईको उपचारका क्रममा वीर अस्पतालको ट्रमा सेन्टरमा निधन भएको हो। दरबारमार्गमा आफैले संचालन गरेको बानथाई रेस्टुरेन्टबाट नियमित गायन सकेर निवास जडिबुटीतर्फ फर्कने क्रममा कार दुर्घटना भएको थियो।

दुर्घटनामा गम्भीर घाईते भट्टराईलाई उपचारका लागि ट्रमा सेन्टरमा लगिए पनि बिहान ४ बजे चिकित्सकले मृत घोषित गरेको संगीतकार मिलन मोक्तानले जानकारी दिए।

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1