सभामुख प्रचडको पक्षबाटै दाबी

माघ ६ गतेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक बस्ने नबस्ने टुंगो छैन। तत्कालीन सभामुख कृष्णबहादुर महराले यौन दुर्व्यहारको आरोपमा राजीनामा दिएपछि रिक्त सभामुख पदमा सत्तारुढ नेकपाले उम्मेद्वार टुंगो लगाउन नसक्दा संसद अनिर्णयको बन्दी बनेको हो। गत शनिबार बसेको नेकपा सचिवालय बैठकले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गर्न दिएको निर्देशन उपसभामुखले अस्वीकार गरेपछि सभामुख चयन झन पेचिलो बन्दै गएको छ।

संवैधानिक व्यवस्था अनुसार सभामुख र उपसभामुख फरक दल र लिंगको हुनुपर्छ। नेकपाले सभामुख पद आफूसँग राख्न उपसभामुखले राजीनामा दिनुपर्ने हुन्छ। तर उपसभामुखले आफूले राजीनामा नदिने अडान राखेर मिडियाबाजी गर्न थालेपछि पूर्व एमालेभित्रै पनि असन्तुष्टि बढेको छ। नेकपाभित्र पूर्व एमालेले सभामुख आफ्नो पक्षबाट बनाउन खोज्दा पूर्व माओवादीले पनि सभामुखमाथि आफ्नो दाबी गरेको छ।

पूर्व माओवादीले विगतको सहमति अनुसार भन्दै सभामुख कुनै पनि हालतमा छोड्न नसकिने अडान राखेपछि प्रधानमन्त्री केपी ओलीसमेत अप्ठेरोमा परेका छन्। स्रोतका अनुसार पछिल्लो समय उपसभामुख शिवमाया तुम्बाहाम्फेको अडान र मिडियाबाजीप्रति प्रधानमन्त्रीसमेत असन्तुष्ट बनेका छन्।

पार्टीको निर्णय नमान्ने भन्दै मिडियाबाजी गरेपछि उपसभामुखकाे संभावना करिव करिव सकिएको छ।अब सभामुख पूर्व माओवादीबाटै बनाउने विषयमा दुई अध्यक्षबीच छलफल सुरु भएको छ।

‘पूर्व माओवादी र एमालेले आ–आफ्नो अडान कायम राख्दा उपसभामुखलाई नै सभामुख बनाउने विकल्प बाँकी नै थियो। तर उहाँले (उपसामुख) पार्टीको निर्णय नमान्ने भन्दै मिडियाबाजी गरेपछि उहाँको संभावना करिव करिव सकिएको छ,’ नेकपा स्रोतले भन्यो, ‘अब सभामुख पूर्व माओवादीबाटै बनाउने विषयमा दुई अध्यक्षबीच छलफल सुरु भएको छ।’

प्रधानमन्त्री केपी ओली पूर्व माओवादीलाई नै सभामुख दिन तयार भएपनि उम्मेद्वार भने आफूलाई पनि स्वीकार्य हुनुपर्ने अडान राखेको स्रातले दाबी गरेको छ। ‘माघ ६ गतेकालागि बोलाइएको संसद बैठक अरु रोकिनु हुन्न भन्नेमा शीर्ष नेता सहमत हुनुहुन्छ,’ स्रोतले भन्यो, ‘त्यसका लागि सभामुख पूर्व माओवादीलाई दिने गरी अध्यक्षद्वयवीच छलफल हुन थालेको छ। अब सभामुख पूर्व माओवादीलाई नै पाउने देखिएको छ।’

प्रधानमन्त्री ओलीले आफूलाई पनि स्वीकार्य हुने गरी सभामुखको उम्मेद्वार खोजेपछि पूर्व माओवादीभित्र सभामुखको उम्मेद्वार खोजी हुन थालेको छ। स्रोतका अनुसार प्रधानमन्त्री ओलीले पम्फा भुसाल, देव गुरुङ र अग्नि सापकोटाको नाममा सहमति जनाएका छैनन्।

भुसाल र गुरुङ वैद्य माओवादीबाट आएका हुनाले उनीहरु ‘कडा’ हुने प्रधानमन्त्रीको बुझाइ रहेको छ। स्रोतका अनुसार प्रधानमन्त्री ओलीले जनार्दशन शर्मा र टोपबहादुर रायमाझीको नामप्रति चासो राखेका छन्। यदि जनार्दन शर्मा सभामुखका लागि इच्छुक नदेखिए टोपबहादुर रायमाझीलाई सभामुख बनाउन सकिने गरी छलफल भएको स्रोतको दाबी छ।

यसअघि प्रधानमन्त्री ओलीले नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङलाई सभामुख बनाउन चाहेका थिए भने प्रचण्डले भने अग्नि सापकोटाको नाम अगाडि सारेका थिए। तर उपसभामुखले राजीनामा दिन अस्वीकार गरेपछि सभामुख पद पूर्व माओवादीको पोल्टामा पर्ने संभावना देखिएको स्रोतले दाबी छ।
डिसी नेपाल

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित