Home > Blog > युरोप पठाइदिन्छु भन्दै ३० लाख ठग्ने पक्राउ

युरोप पठाइदिन्छु भन्दै ३० लाख ठग्ने पक्राउ

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

काठमाडौं : युरोप पठाइदिन्छु भनेर ठगी गर्ने दिपक भन्डारी पक्राउ परेका छन् ।

४ जनालाई युरोप लगिदिन्छु भनी ठगेको उजुरीको आधारमा उनलाई सोमबार पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाले जानकारी दिए ।

उनले युरोप पठाइदिने भनेर ४ जनासँग ३० लाख रुपैयाँ लिएका थिए । प्रहरीका अनुसार स्थायी घर गुल्मी भएका भन्डारीले युरोपका विभिन्न ठाउँका तस्बिर देखाउँदै युरोप पठाइदिन्छु भनेर ठगी गरेका हुन् ।

उनी स्वामी शिवानन्द बाबा भनेर चिनिन्छन् ।

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1