संचारकर्मी पोखरेल बेष्ट मिडिया पर्सनालिटी अवार्डद्वारा सम्मानित

गोर्खा अनलाइन रेडियो यूके,

लण्डन । बेलायतबाट सञ्चालित मिडिया प्रोडक्सन हाउस ‘ह्याब अ मोमेन्ट’ ले शनिबार साँझ एक कार्यक्रम गरि संचारकर्मी नवीन पोखरेललाई बेष्ट मिडिया पर्सनालिटी अवार्डले सम्मान गरेको छ । लामो समयदेखि पत्रकारिता पेशामा आवद्ध पोखरेल कान्तिपुर डेली र कान्तिपुर टेलिभिजनका लागि यूके संवाददाताका रुपमा कार्यरत छन् ।

नेपाल पत्रकार महासंघ बेलायत शाखाका संस्थापक अध्यक्ष तथा वर्तमान सल्लाहकार समेत रहेका पोखरेल बेलायतबाट संचालित वीनेपाली अनलाइनका प्रमुख सम्पादक समेत छन् । गैर आवासीय नेपाली संघ यूकेका सल्लाहकार समेत रहिसकेका पोखरेलले बेलायतवासी नेपाली तथा नेपाली संघसंस्थाको आवाजलाई पत्रकारिताको माध्यमबाट प्रष्फुटन गर्दै आएका छन् ।

लमजुङ सुन्दर बजार निवासी पोखरेल सन् २००६ देखि बेलायतमा छन् । सरल अनि नम्र स्वभाव तर कडा परिश्रम रुचाउने पोखरेल आफ्नो पेशा र कर्तव्यप्रति कटिबद्ध छन् । उनले प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार र सम्मानहरू प्राप्त गरिसकेका छन् । उनको कार्यकुशलको मूल्यांकन गर्दै सन् २०१७ मा एनआरएनए अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो ।

त्यस्तै नेपाली दूतावास लन्डन, नेपाली साहित्य बिकास परिषद यूके, एनआरएनए यूके, तमु समाज यूके, मिस नेपाल यूके टिम लगायतबाट सम्मानित भइसकेका छन् ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित