प्रदेश ३ को नाम वागमती, स्थायी राजधानी हेटौंडा कायम

प्रदेश तीनको नाम बागमती र स्थायी राजधानी हेटौंडा कायम भएको छ । प्रदेशसभाको आइतबार बसेको बैठकले प्रदेशको नाम र स्थायी राजधानी टुंगो लगाएको हो ।

प्रदेशको नाममा एउटा मात्र प्रस्ताव बागमती दर्ता भएको थियो । कांग्रेस संसदीय दलका नेता ईन्द्र बाँनियाले राखेको प्रस्तावमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रमुख सचेतक रामेश्वर फुयाल, विवकेशील साझाका रमेश पौड्याल र शोभा शाक्य, राप्रपाकी रिना माझी र राप्रपा संयुक्तकी रिना गुरुङ समर्थक थिए ।

 

 

प्रस्तावको पक्षमा १०८ मत परेको छ भने विपक्षमा मत परेन ।

यस्तै प्रदेशको स्थायी राजधानीमा हेटौंडा कायम गर्ने प्रस्ताव दुई तिहाई बढी मतले पास भएको छ । मुख्यमन्त्री डोरमणि पौडेलले दर्ता गरेको प्रस्तावमा कांग्रेसका बाँनियासँगै राप्रपाकी माझी र राप्रपा संयुक्तकी गुरुङ समर्थक थिए ।

प्रस्तावको पक्षमा १०४ मत परेको छ भने विपक्षमा तीन । विवेकशील साझाका तीन सांसदले कांग्रेसको धुलिखेललाई स्थायी राजधानी बनाउने प्रस्ताव दर्ता गरेका थिए । तर प्रदेशसभाले यो प्रस्तावले बहुमतले अस्वीकृत गरेको छ ।
अनलाइनखबर

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित