एनआरएनए यूके च्यारिटी विभागमा १८ सदस्य चयन

गोर्खा अनलाइन रेडियो

लन्डन । गैरआवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) च्यारिटी विभाग विस्तार भएको छ । एनआरएनए यूके उपाध्यक्ष एवं च्यारिटी विभागका संयोजक सुनिलबाबु खड्काले सदस्य सचिव, सदस्य र सल्लाहकारहरु मनोनित गर्दै पूर्णता दिएपछि विभाग कुल १८ सदस्यीय भएको विभाग गठन बहेको हो ।

उक्त विभागमा नरेन्द्र बस्नेतलाई सदस्य सचिवको जिम्मेवारी दिइएको छ भने हेम गुरुङ, खेमराज जोशी, देव तामाङ, दिपक खड्का, भिमसेन खड्का, रुपेश राउत, बल्लभ गुरुङ, माया केसी र प्रतिमा जोशीलाई सदस्यमा मनोनित गरिएको छ ।

त्यसैगरी विभागको सल्लाहकारमा रिटायर्ड मेजर कृष्ण गुरुङ, आशबहादुर गुरुङ, बिक्रम भट्टराई, रमेश बास्तोला, नारायण फुंयाल, कुमार केसी र शंकर भण्डारीलाई मनोनित गरिएको छ ।

संयोजक खड्काले विभाग विस्तारपछि आफ्नो जिम्मेवारी वहन गर्न थप बल पुग्ने आशा व्यक्त गरेका छन् । चाडै नै बैठक बोलाएर विभागले भावी कार्यक्रमको तय गर्ने र यसै वर्ष बेलायतमा भव्य च्यारिटी कार्यक्रम गर्ने योजना बनाइएको पनि बताएका छन ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित