राष्ट्रियसभा सदस्यका उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनअन्तर्गत शुक्रबार उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरेको छ।

आगामी माघ ९ गते हुने निर्वाचनका लागि हिजो (शुक्रबार) अपराह्न १ देखि ४ बजेसम्म उम्मेदवारलाई सम्बन्धित पार्टीको निर्वाचन चिन्ह प्रदान गरिएको आयोगले जनाएको छ।

प्रदेश १ को बिराटनगर, प्रदेश २ को जनकपुर, प्रदेश ३ को ललितपुर, गण्डकी प्रदेशको पोखरा, प्रदेश ५ को घोराही, कर्णाली प्रदेशको वीरेन्द्रनगर र सुदूरपश्चिम प्रदेशको सिलगढीमा रहेको निर्वाचन अधिकृतको कार्यालयबाट निर्वाचन चिन्ह प्रदान गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

निर्वाचन प्रयोजनकै लागि शुक्रबार बिहान १० देखि अपराह्न १ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको थियो। निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का १६, नेपाली काँग्रेसका १६, समाजवादी पार्टीका ७, राष्ट्रिय जनता पार्टी नेपाल, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाका २/२ गरी ४५ उम्मेदवारले भाग लिएका छन्।

यसैगरी सातवटा प्रदेशमा महिला समूहतर्फ ७, दलित समूहतर्फ २, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदाय समूहतर्फ २ र अन्य समूहतर्फ ७ गरी जम्मा १८ रिक्त पदका लागि महिला समूहतर्फ १६, दलित समूहतर्फ ५, अपाङ्गता भएको व्यक्ति वा अल्पसंख्यक समुदाय समूहतर्फ ५ र अन्य समूहतर्फ १९ उम्मेदवार रहेका छन्।
डिसी नेपाल

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित