चार लाख नक्‍कली नोटसहित चार पक्राउ

काठमाडौं : चार लाख १३ हजार नक्‍कली नेपाली नोटसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनीहरुलाई राजधानीका विभिन्न स्थानबाट पक्राउ गरेको हो।

सीआईबीका अनुसार यो गिरोहले विगत केही महिनादेखि उपत्यकामा नक्‍कली नोट देखाइ ठगी गर्दै आएका थियो। पक्राउ पर्नेमा सल्यानका कमल बुढाथोकी भन्ने कोवी राम बुढाथोकी, काभ्रे पाँचखालका बलबहादुर रानामगर, डोटीका आर्यान खड्का, र धनकुटाका छत्रबहादर लिम्बू छन्।

पक्राउमध्ये रानामगर नक्‍कली नेपाली नोट छपाइ गर्ने मुख्य व्यक्ति हुन्। प्रहरीले उनीबाट ९० हजार नक्‍कली नेपाली नोट र नोट छाप्न प्रयोग हुने फोटोकपी मेसिन, फोटोकपी पेपरलगायतका समान बरामद गरेको छ।

बुढाथोकी भने बजारमा नक्‍कली नोट पुर्‍याउने मुख्य व्यक्ति रहेको सीआइबीका प्रवक्ता एसपी बेलबहादुर पाण्डेले बताए। उनका अनुसार बुढाथोकीबाट नक्‍कली दुई लाख ९८ हजार रुपैयाँसमेत बरामद भएको छ। खड्का र लिम्बू भने बुढाथोकी र रानामगरका सहयोगी हुन्। प्रहरीले खड्काबाट २५ हजार नक्‍कली नोट बरामद गरेको छ।

अन्नपूर्ण पोष्ट

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित