पत्ता लाग्यो पृथ्वीजस्तै अर्को ग्रह

एजेन्सी । अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा) का वैज्ञानिकहरुले पृथ्वी जस्तै अर्को ग्रह पत्ता लगाएका छन् ।

मूख्य कुरा के छ भने यो नयाँ ग्रहको सतहमा पृथ्वीमा जस्तै पानी रहेको छ । जसमा मानिसको जीवन पनि सम्भव छ ।

अमेरिकन एस्ट्रानामिकल सोसाईटीको २ सय ३५ औँ बैठकमा नयाँ ग्रह पत्ता लागेको सार्बजनिक गरिएको हो । नासाका अनुसार यो नयाँ ग्रह हाम्रो सौर्यमण्डलबाट नजिकै रहेको छ । यसको दुरी पृथ्वीबाट करिब १०० प्रकाश वर्ष रहेको छ ।

नासाको ट्राजिटिंग एकसोप्लानेट सर्बे स्याटेलाईट (TESS) र स्पिट्जर स्पेस टेलिस्कोप (Spitzer Space Telescope) ले यो ग्रह पत्ता लगाएको हो । नासाका वैज्ञानिकले यस ग्रहको नाम टोई ७०० डी (TOI 700D) राखेका छन् । यो ग्रहले सुर्यलाई चारैतिरबाट चक्कर लगाईरहन्छ । सुर्यको भन्दा आधा तौल रहेको यो ग्रहको तापक्रम ४० डिग्री भन्दा कम रहेको छ ।

सुर्यलाई चारैतिर जम्मा तीन ग्रहले चक्कर लगाउँछन् । यी मध्ये २ ग्रह नयाँ ग्रह सुर्य भन्दा धेरै टाढा रहेका छन् । तर नयाँ ग्रह (TOI 700D) यति नजिक छ कि यसमा मानिसको जीवन सम्भव छ । अन्य दुई ग्रह मध्ये एक ढुँगाले भरिएको छ भने अर्को ग्याँसले भरिएको छ ।

नासाका वैज्ञानिकका अनुसार डोराडो स्वार्डफिश नक्षत्रमा रहेको छ । जो हाम्रो आकाशगंगाको दक्षिणमा रहेको छ । यद्दपी नासा वैज्ञानिकले अहिले नयाँ ग्रह (TOI 700D) को वातावरण, सतहको तापक्रम र वनावटको मोडल तयार गरिरहेका छन् । अहिलेसम्म यो नयाँ ग्रह के चीजबाट बनेको छ भन्ने चाहीँ पत्ता लाग्न सकेको छैन।

नयाँ ग्रह (Toi 700D) हाम्रो पृथ्वीको तुलनामा २० प्रतिशत ठुलो रहेको छ । यस ग्रहले सुर्यलाई ३७ दिनमा एक चक्कर लगाउँछ । यसलाई सुर्यबाट ८६ प्रतिशत ऊर्जा प्राप्त हुन्छ ।

हाम्रो वृथ्वीबाट यस ग्रहमा पुग्न करिब ३७.३० लाख वर्ष लाग्छ कसरी ?

यदि नासाको यान डिस्कवरीबाट ८ किलोमिटर प्रतिसेकेन्डको गतिमा जाने हो भने एक प्रकाश वर्षको दुरी पार गर्न ३७,२०० वर्ष लाग्छ । पृथ्वीबाट एक सय प्रकाश वर्ष दुरी भएको नयाँ ग्रहमा पुग्न यहि हिसाबले ३७.३० लाख वर्ष लाग्नेछ ।

डिसी नेपाल

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित