न्यूयोर्कमा ट्रकको ठक्‍करबाट नेपाली बालकको मृत्यु

अमेरिका : न्यूयोर्कमा मंगलबार बिहान सडक दुर्घटनामा घाइते भएका १० वर्षीय बालक श्रीजल पन्थीको उपचारका क्रममा मृत्यु भएको छ । पन्थी मंगलबार बिहान करिब ७ बजे विद्यालय जाने क्रममा फोहोर बोक्ने ट्रकको ठक्‍करबाट गम्भीर घाइते भएका थिए ।

छोरालाई विद्यालय पुर्‍याउन गएकी उनकी आमा मिना पन्थी घाइते भएकी छन्। उनको खुट्टामा गहिरो चोट लागेको बताइएको छ । घाइतेलाई तत्कालै नजिकैको अस्पताल पुर्‍याइएको थियो । स्थानीय प्रहरीका अनुसार, बाटो काट्ने क्रममा आमाछोरालाई उनीहरु बस्ने भवन अघिल्तिरकै बाटो कुइन्स कोरोनास्थित ५७ एभिन्यू र ९७ स्ट्रिटको बीचमा ट्रकले ठक्‍कर दिएको थियो। ट्रक र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

स्थानीय समाजसेवी पुरुषोत्तम पन्थीकी श्रीमती मिनाको स्थानीइ एल्मष्ट अस्पतालमा उपचार भइरहेको छ ।उनको खुट्टाको शल्यक्रिया गरिएको र अवस्था सुधारोन्मुख रहेको पारिवारिक श्रोतले जनाएको छ।

नेपालमा बुटवल घर भएका पन्थी परिवार न्यूयोर्कको कुइन्सस्थित लेफ्राकसिटी भवनमा बस्दै आएका छन् । दुर्घटना पछि न्यूयोर्क सिटीका मेयर बिल डे ब्लाजिओ तथा न्यूयोर्क सिटी काउन्सिल स्पिकर कोरी जोन्सनले दुर्घटनामा दु:ख व्यक्त गर्दै घटनाको छानविन भइरहेको जनाएका छन् ।

स्थानीय संघ संस्थाले दुर्घटनामा ज्यान गुमाएका बालक श्रीजलप्रति चीर शान्तिको कामना गर्दै परिवारमा समवेदना प्रकट गरेका छन्।
अन्नपूर्ण पोष्ट

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित