श्रीमानले हम्मरले हिर्काउँदा युवतीको मृत्यु

बुटवल । रुपन्देहीको सियारी गाउँपालिकाका एक पुरुषले हम्मरले हिर्काउँदा श्रीमतीको मृत्यु भएको छ । ३२ वर्षीय सनि कुमालले ३० वर्षीया श्रीमती कान्छी सुवेदी भनिने चम्पा क्षेत्री कुमालको हत्या गरेको रुपन्देही प्रहरीले जनाएको छ ।

रुपन्देहीका प्रहरी प्रवक्ता खडकबहादुर खत्रीले प्रारम्भिक अनुसन्धानमा सनिले फलामको हम्मरले टाउको, अनुहार, छाती, पेटमा हिर्काएर श्रीमती कान्छीको हत्या गरेको खुल्न आएको बताए ।

मंगलबार बिहान ११ बजे सियारी गाउँपालिका १ स्थित सूर्यबहादुर कुँवरको घरस्थित डेरामा कान्छी कोठाभित्र मृत अवस्थामा फेला परेपछि प्रहरीमा खबर पुगेको थियो ।

प्रहरीले अभियुक्त सनिलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको छ । प्रारम्भिक अनुसन्धानका क्रममा घरासयी विवादका कारण हत्या भएको खुल्न आएको प्रहरी प्रवक्ता खत्रीले बताए ।

अनलाइनखबर

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित