गोर्खा अनलाइन रेडियो
लन्डन । बेलायतमा नेपाली सेफहरुको संगठन (नेप्लिज सेफ्स एशोसिएसन ) यूकेले अंग्रेजी नयाँ वर्षको अवसर पारेर सोमबार साँझ शुभकामना आदान प्रदानका साथै नेपाल भ्रमण वर्ष २०२० लाई समेत प्रोमशन गरेको छ । नेप्लिज सेफ्स एशोसिएसनका अध्यक्ष दधि आचार्यको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदी प्रमुख अतिथि थिए भने गैरआवासीय नेपाली संघका निवर्तमान उपाध्यक्ष कुल आचार्य विशेष अतिथि थिए ।
लण्डनको भेन्यु फाइभ रेस्टुरेन्टमा सम्पन्न सो कार्यक्रममा संयोजक मोहन ओलीले स्वागत मन्तव्य दिएका थिए । समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि राजदूत डा दुर्गा बहादुर सुबेदीले नेपाली खाना र परिकार विश्व भरि चिनाउन नेपाली सेफहरुले निर्वाह गरिरहेको भूमिकाको प्रशंसा गरेका थिए । नेपाल भ्रमण वर्षलाई सफल पार्नको लागि बेलायतमा नेपालीहरुद्वारा संचालित रेष्टुरेन्ट प्रभावकारी हुने बताउंदै आएका राजदूतले सेफ एशोसिएसनद्वारा गरिएको नेपाल भ्रमण वर्षको प्रचार प्रसारको लागि धन्यबाद दिएका थिए । नेपाली नयाँ वर्षको अवसर पारेर आउंदो एप्रिल महिनामा नेपाली दूतावासले नेप्लिज सेफ एशोसियशन यूके तथा नेपाली क्याटरिङ्ग एसोसियशन यूकेसंगको सहकार्यमा नेप्लिज फुड फेस्टिभल आयोजना गर्न लागिएको पनि राजदूत सुवेदीले जानकारी दिए ।
कार्यक्रममा एनआरएन सल्लहकार कुल आचार्य,एनआरएनए यूकेकी अध्यक्ष पुनम गुरुङ,गैर आवासीय नेपाली संघ युरोप क्षेत्रीय उप-संयोजक एवं सेफ एशोसिएसनका संस्थापक अध्यक्ष कृष्ण तिमल्सिना,आईसीसी सदस्य रामशरण सिम्खडा, एनआरएन यूके महासचिव फण्डिन्द्र भट्टराई, ओएनएफ यूकेका अध्यक्ष राजेन्द्र पुडासैनी,प त्रकार महासंघ बेलायत शाखाका वरिष्ठ उपाध्यक्ष श्याम लुइँटेल,यति एसोसिएसनका अध्यक्ष ध्रुब केसी, क्याट्रिङ एसोसिएसनका अध्यक्ष विजय थापा,एनआरएनए कार्यसमिति सदस्य गोमा पौडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
एशोसिएसनका अध्यक्ष दधि आचार्यले अष्ट्रेलियाको आगलागीबाट ज्यान गुमाएका वन्यजन्तुहरूको स्मरण गर्दै एक मिनेट मौनधारण गर्नको लागि आग्रह गरेका थिए । आचार्यले उपस्थित सबिलाई धन्यबाद ज्ञापन गरेका थिए । सेफ एशोसिएसन यूकेका महासचिव भूपी पाठकद्वारा संचालित उक्त कार्यक्रममा सेफ एशोसिएसनका संस्थापक अध्यक्ष एवं एनआरएनए युरोप संयोजकमा हालै निर्वाचित कृष्ण तिमल्सेनालाई सम्मान पनि गरिएको थियो ।
नेपालबाट आएका राष्ट्रिय कलाकारहरु सिर्जु अधिकारी,खिमा रोका मगर,भीम पौडेललाई राजदूत सुवेदीद्वारा सम्मान तथा प्रमाण पत्र वितरण गरिएको थियो । सिर्जु अधिकारी,खिमा रोका मगर,भीम पौडेल लगायत स्थानीय कलाकार सुजाता काफ्ले सांगीतिक मनोरंजन प्रदान गरेका थिए । कार्यक्रमको साउण्ड व्यबस्थापनमा डीजे हेम बिष्टले भूमिका निर्वाह गरेका थिए । बाँकी फोटो हेर्न यहाँ क्लिक गर्नुहोला





