अवैध रूपमा नेपाल प्रवेश गरेका १ तिब्बती र ४ भुटानी पक्राउ

वीरगञ्ज । अवैध रूपमा नेपाल प्रवेश गर्न लागेका एक तिब्बती र ४ भुटानी नागरिकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

भारतको बोधगयाबाट काठमाडौं जान लागेको बा ५ ख २३८८ नम्बरको नेपाल–भारतमैत्री बसमा सवार  १ तिब्बती र ४ भुटानीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

४० यात्रुमध्ये एक तिब्बती र ४ भुटानी राहदानीबिनै नेपाल प्रवेश गर्न लागेको भेटिएपछि नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी नायब उपरीक्षक अमर खत्रीले बताए ।

पक्राउ पर्नेमा तिब्बती नागरिक ४० वर्षीय कुन्छोक तसोमो, भुटानी नागरिकहरू ६५ वर्षीया डोल्मा तामाङ, ४३ वर्षीय छोदेन तामाङ, १९ वर्षीया छुन्दु लह्मो र ७० वर्षीय ज्ञानबहादुर तामाङ छन् ।

डिएसपी खत्रीका अनुसार, आवश्यक अनुसन्धान र कारबाही प्रक्रियाका लागि उनीहरूलाई अध्यागमन कार्यालय, वीरगञ्जमा बुझाइएको छ ।

उनीहरूलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि अध्यागमन विभाग पठाउने अध्यागमन कार्यालय, वीरगञ्ज प्रमुख अध्यागमन अधिकृत सञ्जु सुनारले जानकारी दिइन् ।

‘पासपोर्ट नलिई आएका विदेशी नागरिक फेला परे अध्यागमन कार्यालयका कर्मचारी साथ लगाएर विभाग पठाउने गरिएको छ’, उनले भनिन् ‘ विभागले नै त्यसपछिका प्रक्रिया अगाडि बढाउँछ ।’

यसअघि गत असोजमा पनि नेपाल–भारतमैत्री बसबाट ३ हजार थान अवैध लागूऔषध बरामद भएको थियो ।

अनलाइन खबर

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित