भारतीय सुरक्षाकर्मीबाट नेपालीको अपहरण

नेपाल भारत सीमा क्षेत्रबाट एक नेपाली अपहरणमा परेका छन् । यशोधरा गाउँपालिका-८ मटेरियाका ४५ वर्षीय मुवारक खानलाई भारतीय सुरक्षाकर्मीहरुले शनिबार दिउँसो मर्यादपुर बजारबाट अपहरण गरेका हुन् ।

भारतीय सुरक्षाकर्मीले अपहरण शैलीमा खानलाई भारततर्फ लगेको तर यस बारेमा केही खुल्न नसकेको प्रहरी चौकी मर्यादपुर प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए।

खानलाई गाडीमा बसालेलगत्तै नेपाल प्रहरीको मर्यादपुर प्रहरी चौकीको सुरक्षाकर्मी र शशस्त्र प्रहरीको सीमा क्षेत्रमा खटिएको सुरक्षाकर्मीको रोकावट छल्दै १० गजा क्षेत्र कटाएका हुन् ।

स्थानीयका अनुसार भारतीय सुरक्षाकर्मीहरु सादा पोशाकमा भारतीय नम्बरको जीपमा आएका थिए ।  घटनाबारे सीमा क्षेत्रका भारतीय सुरक्षा अधिकारीले अनभिज्ञता प्रकट गरेको उपरीक्षक मल्लले बताए ।

भारतीय सुरक्षाकर्मी अन्तर्गतको सिभिल टोलीले खानलाई पक्राउ गरेर लगेको हुन सक्ने सीमा क्षेत्र खुनुवामा खटिएका भारतीय प्रहरी अधिकारीको भनाइ छ।

खान खुनुवा बजारमा मोटरसाइकल वर्कसप संचालन गर्दै आएका थिए ।

अन्नपूर्ण पोष्ट

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित